उदितनारायणलाई ज्यान मार्ने धम्की आएपछि… « Khabarhub

उदितनारायणलाई ज्यान मार्ने धम्की आएपछि…


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित गायक उदितनारायण झालाई लक्ष्मण नामका एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिँदै फोन गरेपछि गायक झाले प्रहरी गुहारेका छन् ।

एक महिनादेखि निरन्तर ज्यान मार्ने धम्की आएपछि गायक झाले सुरक्षाको माग गर्दै मुम्बईको अम्बोली प्रहरी विटमा उजुरी दिएका हुन् । उनको घरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

बिहारका ति व्यक्तिले गायक झालाई कुनै बार्गेनिङ नगरी सिधै ज्यान मार्ने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ । धम्की दिनेले गायक झाको रेकी गरेका कारण पनि सुरक्षा दिइएको हो । प्रहरीले धम्की दिनेको खोजीका लागि बिहारमा प्रहरी परिचालन गरेको छ ।

गायक झा मुम्बइको अन्धेरी वेस्टमा बस्छन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदितको उजुरी दर्ता गरेर थप अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ८ : ४८ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय