जोरपाटी–सुन्दरीजल सडक किनाराको जग्गा खाली गर्न नगरपालिकाको सूचना | Khabarhub Khabarhub

जोरपाटी–सुन्दरीजल सडक किनाराको जग्गा खाली गर्न नगरपालिकाको सूचना


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोरपाटी—सुन्दरीजल सडक किनारको सरकारी जग्गा खाली गर्न गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गरेको छ ।

सो सडक लामो समयसम्म विस्तार हुन नसक्नुको प्रमुख कारण जग्गाको विवाद रहेको थियो । तत्काल सडक मर्मत तथा विस्तार हुन नसक्दा स्थानीयले पटकपटक सडक अवरुद्ध समेत गरिरहेका थिए ।

सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालको अध्यक्षतामा बसेको बैठकले सडक विस्तार गर्ने कार्य सुचारु गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार यस सडकखण्डमा पर्ने सार्वजनिक, पर्ति जग्गा अधिकतम २२ मिटरसम्म र अन्य व्यक्तिगत घर बाहेकको सम्पूर्ण संरचना हटाइने र दशै अघि मर्मत कार्य सम्पन्न गरी दशैपछि कालोपत्रे गर्ने बारे सडक विस्तार आयोजना र गोकर्णेश्वर नगरपालिकाबीच सहमति भएको छ ।

नगरपाकिलाको सो सडकमा सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ०७ बजे

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा– खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा