जोरपाटी–सुन्दरीजल सडक किनाराको जग्गा खाली गर्न नगरपालिकाको सूचना « Khabarhub

जोरपाटी–सुन्दरीजल सडक किनाराको जग्गा खाली गर्न नगरपालिकाको सूचना


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोरपाटी—सुन्दरीजल सडक किनारको सरकारी जग्गा खाली गर्न गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गरेको छ ।

सो सडक लामो समयसम्म विस्तार हुन नसक्नुको प्रमुख कारण जग्गाको विवाद रहेको थियो । तत्काल सडक मर्मत तथा विस्तार हुन नसक्दा स्थानीयले पटकपटक सडक अवरुद्ध समेत गरिरहेका थिए ।

सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालको अध्यक्षतामा बसेको बैठकले सडक विस्तार गर्ने कार्य सुचारु गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार यस सडकखण्डमा पर्ने सार्वजनिक, पर्ति जग्गा अधिकतम २२ मिटरसम्म र अन्य व्यक्तिगत घर बाहेकको सम्पूर्ण संरचना हटाइने र दशै अघि मर्मत कार्य सम्पन्न गरी दशैपछि कालोपत्रे गर्ने बारे सडक विस्तार आयोजना र गोकर्णेश्वर नगरपालिकाबीच सहमति भएको छ ।

नगरपाकिलाको सो सडकमा सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ०७ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई