१३ औं साग फुटबलका लागि आजदेखि नेपाली राष्ट्रिय टिम बन्द प्रशिक्षणमा, ४५ खेलाडी सहभागी « Khabarhub

१३ औं साग फुटबलका लागि आजदेखि नेपाली राष्ट्रिय टिम बन्द प्रशिक्षणमा, ४५ खेलाडी सहभागी


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि यु–२३ फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । यु–२३ राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आजदेखि सागका लागि अभ्यास शुरु गर्न लागेको जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा युवा टोलीले आजदेखि अभ्यास शुरु गर्न लागेको प्रशिक्षक महर्जनले बताए । बिहीबारदेखि अभ्यास शुरु भएपनि कुन सिफ्टमा कसरी अभ्यास गर्ने भन्ने अहिले टुङ्गो नलागेको बताउँदै महर्जनले मैदान व्यस्त रहेकाले सबै तालिका हेरेर आइतबारदेखि नियमित रुपमा अभ्यास शुरु हुने जानकारी दिए ।

एन्फाले सागका लागि युवा टोलीको अभ्यासमा ४५ जना खेलाडी बोलाएको छ । सिनियर टोली पनि अहिले विश्वकप छनोट तथा एसियन कपको छनोट अभ्यासमा रहेकाले केही युवा खेलाडीले सिनियर टोलीसँगै अभ्यास गर्ने उनले बताए ।

घरेलु मैदानमा हुने प्रतियोगितामा सकारात्मक नतिजाको अपेक्षासहित फुटबल टोली अभ्यासमा लाग्ने प्रशिक्षक महर्जनले बताएका छन् । नेपाली युवा टोलीले १२ औं सागमा उपाधि उचालेको थियो । प्रतियोगिता आगामी मंसिर १५–२४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  २ : ३८ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल