१३ औं साग फुटबलका लागि आजदेखि नेपाली राष्ट्रिय टिम बन्द प्रशिक्षणमा, ४५ खेलाडी सहभागी « Khabarhub

१३ औं साग फुटबलका लागि आजदेखि नेपाली राष्ट्रिय टिम बन्द प्रशिक्षणमा, ४५ खेलाडी सहभागी


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि यु–२३ फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । यु–२३ राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आजदेखि सागका लागि अभ्यास शुरु गर्न लागेको जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा युवा टोलीले आजदेखि अभ्यास शुरु गर्न लागेको प्रशिक्षक महर्जनले बताए । बिहीबारदेखि अभ्यास शुरु भएपनि कुन सिफ्टमा कसरी अभ्यास गर्ने भन्ने अहिले टुङ्गो नलागेको बताउँदै महर्जनले मैदान व्यस्त रहेकाले सबै तालिका हेरेर आइतबारदेखि नियमित रुपमा अभ्यास शुरु हुने जानकारी दिए ।

एन्फाले सागका लागि युवा टोलीको अभ्यासमा ४५ जना खेलाडी बोलाएको छ । सिनियर टोली पनि अहिले विश्वकप छनोट तथा एसियन कपको छनोट अभ्यासमा रहेकाले केही युवा खेलाडीले सिनियर टोलीसँगै अभ्यास गर्ने उनले बताए ।

घरेलु मैदानमा हुने प्रतियोगितामा सकारात्मक नतिजाको अपेक्षासहित फुटबल टोली अभ्यासमा लाग्ने प्रशिक्षक महर्जनले बताएका छन् । नेपाली युवा टोलीले १२ औं सागमा उपाधि उचालेको थियो । प्रतियोगिता आगामी मंसिर १५–२४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  २ : ३८ बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको