क्याटरीना कैफका १० रोचक जानकारी, यो हो उनको वास्तविक नाम « Khabarhub

क्याटरीना कैफका १० रोचक जानकारी, यो हो उनको वास्तविक नाम


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


क्याटरीना कैफ बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘भारत’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् । उनको ग्ल्यामर लूक र अभिनय दुवैको चर्चा हुने गर्छ ।

क्याटरीनाका बारेमा यी १० तथ्य जानकारी, जुन तपाईंलाई थाहा नहुन सक्छ:

– सन् २००३ मा फिल्म ‘बूम’ बाट बलिउडमा कदम राखेकी क्याटरीना यो क्षेत्रमा प्रवेश गरेको एक दशकभन्दा बढी भएको छ । यो समयमा उनले धेरै नाम र दाम कमाएकी छिन् । उनी अहिले बलिउडकी उत्कृष्ट अभिनेत्रीमध्ये एक हुन् ।

– क्याटरीना कैफको जन्म १६ जुलाई १९८३ मा हङकङमा भएको थियो । उनी १४ वर्षको उमेरमा नै हवाइ गएकी थिइन् । त्यसपछि उनी लण्डन गइन् र पछि उनी मुम्बई आएर करिअर शुरु गरिन् ।

– क्याटरीना कैफको वास्तविक नाम क्याटरीना टारकेटी हो । उनका पिताको नाम मोहम्म्द कैफ र आमाको नाम सुजेन हो ।

– क्याटरीनासहित उनीहरू ६ बहिनी र एक भाइ छन् । उनी सानो छँदा बाबुआमाको डिभोर्स भएपछि उनी आमासँग हुर्किन् ।

– क्याटरीना कैफ पनि आफ्नी आमाजस्तै समाजसेवा गर्न रुचाउँछिन् । उनी आफ्नी आमाले सञ्चालन गरेको समाजसेवाको कामसँग जोडिएकी छिन् ।

– क्याटरीनाले १४ वर्षको उमेरमा मोडलिङ करिअर शुरु गरेकी थिइन् । सन् २००३ मा मा उनको भेट कायजाद मुस्तादसँग भयो । कायजादले क्याटरीनालाई आफ्नो फिल्ममा काम गर्ने प्रस्ताव राखे ।

– फिल्म ‘बूम’ पछि क्याटरीनाले अमिताभ बच्चनसँग ‘सरकार’ मा पनि काम गरिन् । यो फिल्म सफल भएर पनि क्याटरीनाको करिअरलाई भने खासै फाइदा भएन ।

– सन् २००५ मा रिलिज भएको फिल्म ‘मेने प्यार क्युँ किया’ क्याटरीनाको करिअरको पहिलो सुपरहिट फिल्म थियो । यो फिल्म क्याटरीनालाई सलमान खानका कारण मिलेको थियो । यो फिल्मको सफलतापछि उनलाई कैयन् फिल्मबाट अफर आए ।

– क्याटरीना शतरंजकी खेलाडी हुन् । यति मात्र होइन, उनी सन् २०११ र २०१२ मा सबैभन्दा धेरै खोजी गरिने बलिउड अभिनेत्री समेत बनिन् ।

– क्याटरीना आफ्ना हरेक फिल्मको रिलिजअघि अजमेर शरीफको दरगाह, सिद्धि विनायक मन्दिर मुम्बई र माउन्ट मेरी चर्च सधै पुग्ने गर्छिन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : १५ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा