संसद सुचारु गर्ने विषयमा सहमति नजुटेपछि दलहरु आन्तरिक छलफलमा « Khabarhub

संसद सुचारु गर्ने विषयमा सहमति नजुटेपछि दलहरु आन्तरिक छलफलमा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवरुद्ध संसद सुचारु गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन् ।

सभामुख कृष्ण बहादुर महराले विहिबार बोलाएको सर्वदलीय बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु आ आफ्नै अडानमा कायम रहेपछि विकल्प बारे दलहरुले आन्तरिक छलफल गर्ने भएका हुन् । लामो समयसम्म बैठक अवरुद्ध हुँदा जनतामा गलत संदेश जाने भन्दै सत्ता पक्षले संसद संचालन गरी प्रतिपक्षी दलको मागबारे पनि छलफल गर्दै जाने प्रस्ताव अघि सारेको थियो ।

तर, यस प्रस्तावमा प्रतिपक्षी दल सहमत नभएपछि थप छलफलका लागि संसद बैठक ४ दिन सम्मका लागि स्थगित गर्ने निर्णयमा पुगेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आफुहरुको माग सम्बोधन गर्न सत्तापक्ष तयार नभए पनि छलफल सकारात्मक भएको प्रतिक्रिया दिइन् ।

सर्वदलीय छलफलमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सदन सुचारु गराउन सबै दल सहमत भएको र प्रतिपक्षी दलको मागका सम्बोधन तथा सदन सुचारुका विकल्पबारे थप छलफल गर्ने सहमति भएको जानकारी दिए ।

समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटनाबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने पक्षमा नै आफुहरु रहेको बताए । नेकपाका सांसद भीम रावले देशप्रति जिम्मेवार भएर समस्याको समाधान खोजिनुपर्ने तर्क गरेका थिए ।

त्यसैगरी नेकपाका सांसद हृदयेश त्रिपाठीले संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले सर्लाही घटनाबारे छानविन गरिरहेकाले संसदले छुट्टै समिति बनाउन आवश्यक नपर्ने तर्क गरे ।

नेत्र विक्रम चन्द्र विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ७ : ३८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता