नापोलीमाथि युभेन्टसको रोमान्चक जित « Khabarhub

नापोलीमाथि युभेन्टसको रोमान्चक जित


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईटालियन सिरि एमा युभेन्ट्सले नापोलीलाई हराएको छ । शनिबार राति ७ गोल भएको खेलमा युभेन्ट्सले नापोलीमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो।

१६ औ मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । १९ औ मिनेटमा गोन्जालो हिग्युनले अग्रतालाई दोब्बर बनाए । ६२ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

६६ औ मिनेटमा कोस्टास मानोलसले नापोलीका लागि पहिलो गोल गरे । हिर्भिङ लोजानोले ६८ औ मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितीमा पुर्‍याएका थिए । ८१ औ मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ईन्जुरी समयमा नापोलीका कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेलमा विजयी बन्यो । निकै नै रोमाञ्चक खेलमा युभेन्ट्स स्पष्ट ३ अंक जोड्न सफल बन्यो ।

पछिल्ला ८ उपाधि जितेको युभेन्ट्सका लागि म्याथिज डी लिटले नापोलीविरुद्वको खेलमा डेब्यु गरेका थिए । युभेन्ट्सका मुख्य प्रशिक्षक माउरिजियो सर्री निमोनियाका कारण टर्च लाईनमा देखिएनन् तर उनले एलिनाज स्टेडियममा बसेर खेल हेरेका थिए । शीर्ष स्थानको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । नापोली ३ अंक सहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ४६ बजे

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर