लिभरपुलको अपराजित यात्रा जारी, बर्नलीविरुद्ध शानदार जित « Khabarhub

लिभरपुलको अपराजित यात्रा जारी, बर्नलीविरुद्ध शानदार जित


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराउँदै अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले ३–० गोल अन्तरको शानदार जित हात पारेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए । लिभरपुलले खेलमा आत्मघाती गोलबाट अग्रता बानाएको थियो ।

खेलको ३३ औं मिनेटमा वुडले आत्मघाती गोल गर्दा लिभरपुल १-० ले अघि रह्यो । ३७ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २-० ले अघि रह्यो । दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो ।

खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए । योसँगै फिर्मिन्हो प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् ।

यो जितसँगै लिभरपुलले लिगमा लगातार १३ खेलमा जित निकाल्दै अपराजित यात्राको कीर्तिमान बनाएको छ । जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ । पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ५८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी