राम्रो अपेक्षा गर्नेले आफूले पनि सही व्यवहार गर्नुपर्छ « Khabarhub

राम्रो अपेक्षा गर्नेले आफूले पनि सही व्यवहार गर्नुपर्छ


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै सहरको नजिक एकजना किसानको बसोबास थियो । उसले खेती किसानीका साथै गाई पनि पालेको थियो ।

उ गाई दुहुने र त्यो दुधबाट दही, घ्यू बनाएर बेच्ने गर्दथ्यो । त्यो किसानको नियमीत ग्राहक भने एकजना पाउरोटी बनाउने व्यक्ति थियो । उसले दैनिक त्यो किसानबाट एक पाउण्ड नौनी घ्यू किन्ने गथ्र्यो ।

नियमित रुपमा घ्यू लिइरहने पाउरोटीवालाले एकदिन किसानले दिएको नौनी घ्यू एक पाउण्ड छ कि छैन भनेर हेर्ने विचार ग¥र्यो । र उसले घ्यू जोेखेर हेर्दा त एक पाउण्ड पुगेन । त्यसपछि त्यो पाउरोटीवालाले किसानले आफूलाई ठगेको भन्दै गाउँको पञ्चायत बोलायो र किसानले ठगेको कुरा भन्यो ।

अनि कुरोको चुरो पत्ता लगाउन गाउँ पञ्चायतले किसानलाई नौनी कसरी जोख्ने गर्छौं भनेर सोधे । अनि किसानले पनि आफूसँग नौनी जोख्ने तराजु नभएको तर स्केल भएको बतायो ।

स्केल कहाँबाट आयो भन्ने प्रश्नमा किसानले महिनौं पहिले आफूले त्यही पाउरोटी बेच्ने व्यक्तिसँग एक पाउण्ड पाउरोटी किनेको र त्यही एक पाउण्डको आधारमा नै आफूले नौनी बेच्नका लागि स्केल बनाएको बतायो । अनि किसानले अर्को पनि माग राख्यो यदि सजाय पाउने भए पाउरोटी व्यापारीले सजाय पाउनुपर्छ ।

त्यसपछि पाउरोटीवालाले नै एक पाउण्ड भनेर कम पाउरोटी दिने गरेको कुराको खुलासा भयो । यो कथाले हामीले जीवनमा अरुलाई जे दिन्छौं घुमीफिरी त्यही हामीले पाउँछौं भन्ने कुरा सिकाउँछ । राम्रो अपेक्षा गर्नेले आफूले पनि राम्रो कर्म गर्नु पर्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १० : ४६ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको