कुनै सहरको नजिक एकजना किसानको बसोबास थियो । उसले खेती किसानीका साथै गाई पनि पालेको थियो ।
उ गाई दुहुने र त्यो दुधबाट दही, घ्यू बनाएर बेच्ने गर्दथ्यो । त्यो किसानको नियमीत ग्राहक भने एकजना पाउरोटी बनाउने व्यक्ति थियो । उसले दैनिक त्यो किसानबाट एक पाउण्ड नौनी घ्यू किन्ने गथ्र्यो ।
नियमित रुपमा घ्यू लिइरहने पाउरोटीवालाले एकदिन किसानले दिएको नौनी घ्यू एक पाउण्ड छ कि छैन भनेर हेर्ने विचार ग¥र्यो । र उसले घ्यू जोेखेर हेर्दा त एक पाउण्ड पुगेन । त्यसपछि त्यो पाउरोटीवालाले किसानले आफूलाई ठगेको भन्दै गाउँको पञ्चायत बोलायो र किसानले ठगेको कुरा भन्यो ।
अनि कुरोको चुरो पत्ता लगाउन गाउँ पञ्चायतले किसानलाई नौनी कसरी जोख्ने गर्छौं भनेर सोधे । अनि किसानले पनि आफूसँग नौनी जोख्ने तराजु नभएको तर स्केल भएको बतायो ।
स्केल कहाँबाट आयो भन्ने प्रश्नमा किसानले महिनौं पहिले आफूले त्यही पाउरोटी बेच्ने व्यक्तिसँग एक पाउण्ड पाउरोटी किनेको र त्यही एक पाउण्डको आधारमा नै आफूले नौनी बेच्नका लागि स्केल बनाएको बतायो । अनि किसानले अर्को पनि माग राख्यो यदि सजाय पाउने भए पाउरोटी व्यापारीले सजाय पाउनुपर्छ ।
त्यसपछि पाउरोटीवालाले नै एक पाउण्ड भनेर कम पाउरोटी दिने गरेको कुराको खुलासा भयो । यो कथाले हामीले जीवनमा अरुलाई जे दिन्छौं घुमीफिरी त्यही हामीले पाउँछौं भन्ने कुरा सिकाउँछ । राम्रो अपेक्षा गर्नेले आफूले पनि राम्रो कर्म गर्नु पर्छ ।
प्रतिक्रिया