प्रभु बैंकमा भएको ‘शंकास्पद कारोबार’– जसको अनुसन्धान गर्दा ५ चिनियाँ ह्याकर समातिए « Khabarhub

प्रभु बैंकमा भएको ‘शंकास्पद कारोबार’– जसको अनुसन्धान गर्दा ५ चिनियाँ ह्याकर समातिए



काठमाडौं– शनिबार मध्याह्न १ बजेतिर प्रभु बैंकको बैंकिङ सिस्टम एक्कासी ‘डाउन’ भयो । खासगरी एटिएम सिस्टमबारे ‘अपडेट’ प्राप्त हुन छाडेपछि बैंकको आइटी सेलका कर्मचारीहरु सक्रिय भए ।

तर, सिस्टम डाउन भएकै बीचमा एटिएम सिस्टमबाट १ मिनेटमा १० लाख रुपैयाँभन्दा बढीको ‘ट्रान्जिक्सन’ कारोबार भएको देखियो ।

न्यून मात्रै कारोबार हुने शनिबारका दिन एटिएमबाट १ मिनेटमै १० लाख रुपैयाँभन्दा बढी निकालिनु ‘शंकास्पद’ कारोबार थियो । त्यसपछि बैंकको अपरेशन शाखाका कर्मचारीले प्रहरीमा खबर गरे ।

प्रारम्भिक रुपमा प्रभु बैंकको एटिएम कारोबारबारे जानकारी लिन शुरु गरेको प्रहरी समक्ष अन्य बैंकको एटिएम सिस्टम पनि ह्याक भएको सूचना प्राप्त भयो ।

‘केहि महिना अगाडि भारतमा पनि यस्तै तरिकाले बैंकका एटीएमबाट पैसा लुटिएको थियो । यो पनि त्यस्तो घटना हुन सक्छ भनेर हामीले सतर्कता बढायौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले खबरहबसँग भने, ‘साँझतिर मात्रै हामीहरु ह्याकर नजिक पुग्यौं ।’

शनिबार साँझ आएर ५ जना चिनियाँ ह्याकरलाई पक्राउ गर्न सफल भएको एसएसपी सुवेदीले बताए । ‘उनीहरु पक्राउ नपरेको भए एटीएमबाट ठूलो मात्रामा पैसा लुटेर लैजाने रहेछन्,’ एसएसपी सुवेदीले भने । पक्राउ परेका ५ चिनियाँहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बरामद भएको छ ।

एसएसपी सुवेदीका अनुसार ह्याकरहरुले विभिन्न बैंकको एटिएम सिस्टम ह्याक गरेका छन् । ‘एटिएम सिस्टम सञ्चालन गर्ने सफ्टवेयर नै ह्याक गरिएको रहेछ,’ सुवेदीले भने, ‘प्रभुसँग अन्य वाणिज्य बैंकको पनि सिस्टम ह्याक भएको रहेछ ।’

‘एउटा सफ्टवेयर कम्पनीले बनाएको सिस्टम यहाँका प्राय सबै वाणिज्य बैंकले प्रयोग गर्छन् । अहिले त्यो सिस्टम नै ह्याक गरिएको देखियो,’ नेपाल राष्ट्र बैंक स्रोतले भन्यो, ‘प्रभु र एनआईसी एसिया बैंकमा ह्याकिङ भएको पहिचान भएको छ । अन्य बैंकको सिस्टममा पनि समस्या देखिएको सूचना आएको छ ।’

भारतमा ८० करोड लुटेका चिनियाँ ह्याकर नेपालमा ?

एसएसपी सुवेदीका अनुसार केही महिना अगाडि भारतका विभिन्न शहरका एटीएमबाट ८० करोड रुपैयाँ लुटिएको थियो । बैंकले प्रयोग गर्ने सिस्टम ह्याक गरेर ह्याकरहरुले एटीएम बूथबाट पैसा निकालेर लगेका थिए ।

तर, त्यस्तो ह्याकिङमा संलग्न कुनै पनि व्यक्ति पक्राउ परेनन् । भारतको प्रहरी र केन्द्रीय जाँच ब्यूरो (सिबीआई)ले गरेको अनुसन्धानबाट उक्त ह्याकिङमा चिनियाँ नागरिकहरुको संलग्नता रहेको खुलेको थियो ।

तर, उनीहरु त्यहाँबाट भाग्न सफल भएका थिए । एसएसपी सुवेदी नेपालमा पनि त्यहि समूह सक्रिय रहेको हुनसक्ने आशंका गर्छन् ।

‘भारतमा पनि यस्तै तरिका अपनाएर एटिएमबाट पैसा लुटिएका कारण नेपालमा पनि त्यहि समूह छिरेको हो कि भन्ने आशंका छ,’ एसएसपी सुवेदीले भने, ‘यद्यपि यस विषयमा हामी अहिले अनुसन्धानकै चरणमा छौं ।’

एसएसपी सुवेदीका अनुसार पक्राउ परेका ह्याकरहरु यसअघि पनि अन्य ठाउँमा बैंकिङ लुटपाटमा संलग्न भएको देखिन्छ । तर, उनीहरुले कुन–कुन ठाउँमा कति रकम लुटे भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : ४५ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका