यु–२३ टोलीको प्रारम्भिक चरणबाट बाहिरिए १३ खेलाडी, ३२ जना छनोट « Khabarhub

यु–२३ टोलीको प्रारम्भिक चरणबाट बाहिरिए १३ खेलाडी, ३२ जना छनोट


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपाली टोलीको प्रारम्भिक चरणबाट ३२ खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रशिक्षणमा रहेका खेलाडीबाट ३२ जना खेलाडी छनोट गरेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले क्याम्पमा रहेका ४५ खेलाडीबाट ३२ खेलाडी छनोट गरेका हुन् । जसमा ३ जना सिनियर खेलाडी राख्न पाउनेछन् । प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ । यसअघि भारतमा सम्पन्न १२ औं सागमा नेपाली टोलीले स्वर्ण जितेको थियो ।

छनोटमा परेका खेलाडीहरु 

गोलकिपर : किरण चेम्जोङ, अर्पण कार्की, दिप कार्की, देव लिम्बु, रोमन रसाईली

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, राम चन्द्र वाजी, रोहित चन्द, विकास खवास, अशिम भुजेल, मिक्चेन भुजेल, रोमन लिम्बु, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, एरिक बिष्ट, दिपेश आले मगर, तेज तामाङ

फरवार्ड : नवयुग श्रेष्ठ, विमल घर्ति मगर, अभिषेक रिजाल, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन, राजेश परियार

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : १५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी