हाँडीगाउँको ३ वर्षे योजना– पर्यटन प्रवर्द्धनदेखि सम्पदा संरक्षणसम्म | Khabarhub Khabarhub

हाँडीगाउँको ३ वर्षे योजना– पर्यटन प्रवर्द्धनदेखि सम्पदा संरक्षणसम्म


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरको वडा नं. ५ हाँडीगाउँले आउँदो तीन बर्षे अर्थात् २०७९ सालसम्ममा वडा क्षेत्रको एकीकृत बिकासका लागि चरणबद्ध योजना सार्वजनिक गरेको छ ।

शनिबार वडाको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महत, प्रदेश सभा सदस्य नारायण सिलवाल, पुरातत्वविद् डा. जगदिशचन्द्र रेग्मी र वडाध्यक्ष रमेश डंगोलले संयुक्त रुपमा योजना सार्वजनिक गरेका थिए ।

वडाको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई पर्यटकीय सम्भावनासँग जोडेर वडाको समग्र बिकास गर्न २०७४ साल पुस ८ गते वडाबासीको भेलाबाट शिवप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

उक्त समिति मातहतमा गठन भएका ५ वटा उपसमितिले दिएको प्रतिवेदनका आधारमा सर्वाङ्गीण विकास कार्यक्रमलाई पुस्तिकाका रुपमा तयार पारिएको हो ।

स्थानीय क्षेत्रगत आवश्यकता पहिचान गर्न गठन गरिएका उपसमितिमध्ये प्राडा सुदर्शनराज तिवारीको संयोजकत्वमा ५ सदस्यीय संस्कृति, सम्पदा संरक्षण एवं पर्यटन बिस्तार उपसमिति र डा. जया प्रधानको संयोजकत्वमा ६ सदस्यीय महिला बिकास, सामाजिक सुरक्षा तथा युवा परिचालन उपसमिति गठन गरिएका थियो ।

त्यस्तै विश्वमणि ज्ञवालीको संयोजकत्वमा ७ सदस्यीय स्वास्थ्य एवं सरसफाइ उपसमिति, शम्भुप्रसाद पोख्रेलको संयोजकत्वमा ४ सदस्यीय मेलमिलाप, शान्ति सुरक्षा एवम अन्तर वडा सम्बन्ध उपसमिति र लवप्रसाद त्रिपाठीको संयोजकत्वमा ५ सदस्यीय शिक्षा, खेलकुद, पुस्तकालय तथा मनोरञ्जन उपसमिति गठन गरिएको थियो ।

उपसमितिहरुले वडाको बिद्यमान अवस्था विश्लेषण गर्दै आगामी कार्यक्रम शिफारिस गरेका छन् । यसअन्तर्गत नियमित र दैनिक सम्पादन हुने काम, त्यसका प्रक्रिया, कागजात, कार्यसम्पन्न हुने अवधिदेखि आउँदो ३ महिना, ६ महिना र १ बर्षभित्र शुरु हुने कामलाई वर्गीकरण गरिएको छ ।

यी कामलाई भौतिक पूर्वाधार, मूर्त अमूर्त कला साहित्य तथा सृजनाको मर्मत सम्भार तथा सुधार, सामाजिक बिकास, युवा परिचालन, स्वास्थ्य, शिक्षा, सरसफाइ, पर्यटन बिकास, खेलकुद, मनोरञ्जन, परम्परादेखि हुँदै आएका कामजस्ता क्षेत्रमा बाँडिएको छ ।

कार्यक्रममा बोल्दै सत्यमोहन जोशीले हाँडीगाउँमा भएका साना—साना भौतिक सम्पदाभित्र पनि इतिहासका गहिरा पक्ष खोज्न सकिने बताए । ‘साना भनेर सम्पदाको वेवास्ता गर्दा ऐतिहासिक दस्तावेज नष्ट हुन्छ’ उनले भने ‘यहाँका कुनै पनि कुरा नष्ट दिनु हुँदैन ।’

प्राचीन काठमाडौंको इतिहास हाँडीगाउँमा अध्ययन गर्न सकिने जोशीको भनाइ छ ।

त्यस्तै कांग्रेसका सहमहामन्त्री डा. महतले हाँडीगाउँको विशेषता प्रवद्र्धन गरेर पर्यटकीय व्यवस्थापनमा लाग्न ढिला गर्न नहुने सुझाव दिए । महानगरको नेतृत्वबाट यसको गरिमा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ ।

महतका अनुसार हाडीगाउँ सभ्यताको एक केन्द्र विन्दुका रुपमा रहेको स्थान हो । प्रदेश सभा सदस्य नारायण सिलवालले, हाँडीगाउँको वृहत्तर र एकीकृत बिकासका लागि गुरुयोजनाबाट काम गरिने र त्यस काममा प्रदेश सरकार पनि सहयोग गर्ने बताए ।

हाँडीगाउँको पर्यटकीय सम्भावनालाई नेपाल भ्रमण बर्ष २०२० भित्रै स्थानीयबासीको आयसँग जोडने योजनाका साथ अघि बढिरहेको बताउँदै कार्यक्रममा वडाध्यक्ष रमेश डंगालले दिगो प्रभाव राख्ने कुनै पनि योजना कार्यान्वयनमा पछि नहट्ने बताए ।

सामाजिक जीवनका प्रचलित मूल्य र मान्यता जोगाउन स्थानीयबासीको प्रत्यक्ष सहभागितामा मूर्तअमूर्त सांस्कृतिक सम्पदा जोगाउन महानगरले लगानी गर्ने वडाध्यक्ष डंगोलको भनाइ थियो ।

समारोहमा पुस्तकसँगै हाँडीगाउँको ऐतिहासिकता, पुरातात्विक स्थान र पर्यटकीय व्यवस्थापनमा आधारित श्रव्य—दृश्य सार्वजनिक गरिएको थियो ।

त्यस अवसरमा हाँडीगाउँका महर्जनले मात्र बजाउने मौलिक बाजा पैँता र नेवार समुदायको परम्परागत धिमे बाजा र लाखे नाँच प्रस्तुत गरिएको थियो । त्यस्तै पैता खलः का गुरु काजी, रामदास महर्जन, खट नाइके, रामकृष्ण डंगोल, खट निर्माण कार्यमा निरन्तर योगदान पुर्‍याउने गणेशबहादुर मानन्धर र श्यामलाल मानन्धर तथा साहित्यकार रोचक घिमिरेलाई सांस्कृतिक योगदानको कदरस्वरुप सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ३८ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु