विप्लव समुहको नाम लिएर रकम असुल्ने ३ जना पक्राउ « Khabarhub

विप्लव समुहको नाम लिएर रकम असुल्ने ३ जना पक्राउ


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न सरकारी कार्यालयका प्रमुखहरु विप्लव नेकपाको नाम लिएर डर त्रास देखाउँदै रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा बम पड्काउने र जिउ ज्यान लिनेसम्मको धाक–धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झापा गौरादह नगरपालिका–७ भएका ४२ वर्षीय विश्वराज शर्मा, भक्तपुर मध्यपुर नगरपालिका–३ गठ्ठाघर बस्ने झापा भद्रपुर नगरपालिका–८ ठेगाना भएका ४१ वर्षीय सुवाष कोइराला र काठमाडौं काडाँघारी बस्ने झापा भद्रपुर नगरपालिका–८ ठेगाना भएका २४ वर्षीय सुभम घिमिरे रहेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार र आइतबार उपत्यकाका बिभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : १७ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी