तीजमा हरियो सारी र चुरा लगाउनुका ५ कारण | Khabarhub Khabarhub

तीजमा हरियो सारी र चुरा लगाउनुका ५ कारण


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिजको ब्रतको दिन महिला आफ्नो श्रृंगारमा हरियोे रंगलाई खास महत्व दिने गर्दछन् । तिजको ब्रतमा विवाहित नारीले सौभाग्यको रंग, रातो मन पराएजस्तै हरियोे रंगलाई पनि उत्तिकै प्राथमिकता दिने गरिएको छ ।

हरियोे रंगको चुरा, साडी, टिका, पोते लगायतका श्रृंगार सामाग्री हरियोे हुने गर्दछ । यसरी हरियोे रंग मन पराइनुको पछाडि विशेष कारण छ ।

१. हिन्दु धर्मका अनुसार केही विशेष रंगहरुलाई सौभाग्यको प्रतिक मानिन्छ । तिनै विशेष रंग भित्र हरियो रंग पनि पर्ने गर्दछ । हरियो रंगले जीवन र खुशिलाई जोड्ने विश्वास गरिन्छ । विवाहित नारीहरुले हरियोे रंगको चुरा लगाउँदा श्रीमानको जिवनमा खुशीयाली, सफलता आउने र श्रीमान स्वस्थ्य रहने विश्वास गरीन्छ ।

२. हरियोे रंगलाई प्राकृतिक रंग समेत भनिन्छ । रुख बिरुवाको समेत हरियो रंग हुने भएकाले हरियोे रंगलाई प्राकृतिक रुपमा समेत उत्तम मानिन्छ । यसले आखाँमा शितलता प्रदान गर्ने गर्दछ । साथै धार्मिक मान्यता अनुसार महिलाले हरियोे रंग लगाउँदा श्रीमानको आयु लामो हुने विश्वास गरिन्छ ।

३. तीजलाई प्रकृतिको हरियाली जतिकै महत्व दिइन्छ । तिजले महिलाको जिवनमा उमंग र स्फूर्ति बढाउने साथै परीवारमा समेत श्री वृद्धि गर्ने विश्वास गरिन्छ । हरियोे रंगले मानिसको चर्म रोग हटाउने तथा महिलाको नकारात्मक भावलाई समेत खिचेर लाने मान्यता छ । अन्य रंगभन्दा हरियोे रंगको धारण गरेमा ब्रतालु महिलाई सहज हुने भएकाले भोकै ब्रत बस्दा समेत खासै असर पार्दैन ।

४. व्यक्तिलाई सुन्दर देखाउन पनि हरियोे रंगको विशेष भूमिका रहने गरेको छ । हरियोे रंगका पहिरनले ब्यक्तिलाई आर्कषक बनाउने साथै अनुहारमा समेत चमक ल्याउने गर्दछ । हरियोे रंग ब्याकग्राउण्डमा हुदा तस्बिर समेत राम्रो आउने गर्दछ ।

५. धार्मिक ग्रन्थ अनुसार हरियोे रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ । हरियोे रंग धारण गर्ने ब्यक्तिमा बुधको प्रभाव प्रबल रहने भएकाले महिलालाई सन्तान सुखःको योग रहन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : ३२ बजे

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार