इन्द्रजात्राका लागि महानगरपालिकाले दियो १० लाख सहायता « Khabarhub

इन्द्रजात्राका लागि महानगरपालिकाले दियो १० लाख सहायता


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख अनुदान सहायता उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार आयोजित एक कार्यक्रमका बीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई इन्द्रजात्राको खर्चका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाले पूर्व कुमारीलाई मासिक १५ हजारका दरले बार्षिक पद भत्ता पनि वितरण गरेको छ । त्यसैगरी पूर्व गणेशलाई मासिक १२ हजार, पूर्व भैरवलाई मासिक १२ हजारकै दरले वार्षिक पद भत्ता पनि मेयर शाक्यले हस्तारण गरे ।

त्यस अवसरमा मेयर शाक्यले इन्द्रजात्राको व्यवस्थापनका लागि आवश्यक अन्य खर्च पनि उपलब्ध गराउन आफूहरु तयार रहेको स्पष्ट पारे ।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षबाट कुमारीलाई ५० हजार मासिक पद भत्ता वितरण गर्ने निर्णय पनि गरिसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : ५४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा