मुख्यमन्त्री शाहीले भने-वितरणमुखी योजना कार्यान्वयन गर्दैनौं « Khabarhub

मुख्यमन्त्री शाहीले भने-वितरणमुखी योजना कार्यान्वयन गर्दैनौं


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका छन् ।

उमेर हदका कारण सेवा निवृत्त हुनुभएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको बिदाइ कार्यक्रममा उनले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका हुन्।  कर्णालीको विकास र समृद्धिको लागि वृहत गुरुयोजनाको आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताका आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका ठूला योजनामा सरकारले लगानी केन्द्रित गर्ने नीति लिएको स्पष्ट पारे । खुद्रा व्यापार गरेजस्तो विकास गरेर कर्णाली बनाउन नसकिने भन्दै उनले कर्णाली निर्माणका लागि ठूलो लगानीसहित तीव्रगतिमा विकासको कार्यलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : २१ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन