गाई–गोरु मारेको अभियोगमा पक्राउ परेका ७ जनालाई म्याद थप « Khabarhub

गाई–गोरु मारेको अभियोगमा पक्राउ परेका ७ जनालाई म्याद थप


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ ।

सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट खसालेर ३५ गाई–गोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक/सहचालक गरी सात जनाबारे थप अनुसन्धान गर्न अदालतले आज एक हप्ताको म्याद दिएको हो ।

जिल्ला प्रहरी कार्यालयले चितवनको राप्ती नगरपालिका–४ का विवेक कुँवर, अछामको तुर्माखाँद गाउँपालिका–३ का कृष्ण विसी, चितवनको राप्ती नगरपालिका–५ का सागर विश्वकर्मा, रौतहटको चन्द्रपुर नगरपालिका–२ का दामोदर केसी, बाँकेको कोहलपुर नगरपालिका–१४ का हिमबहादुर जीसी, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम सरावल–१ का शत्रुधन चौधरी र सोही ठाउँकै अमृत चौधरीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले नियन्त्रणमा लिएका पाँच ट्रकका चालक/सहचालकसँग घटनाबारे सोधपुछ गरिरहेको बताए ।

“शव परीक्षण रिपोर्ट आउन बाँकी छ, नेपालगञ्ज उपमहानगरपालिका र कान्जी हाउससँग बुझ्दैछौँ,” उनले भने, “दैलेखको शिरस्थान क्षेत्रमा मगाइएको हो या होइन त्यसबारे पनि बुझ्ने काम हुँदैछ, विस्तृत अनुसन्धान गरी दोषीउपर मुद्दा चलाइनेछ ।”

प्रहरीले हालसम्म ३५ गाई–गोरुको मृत्यु भएको जनाएको छ । त्यस्तै जीवित १९६ गाई–गोरुको उद्वार गरी कान्जी हाउसमा फिर्ता पठाइसकेको र बाँकीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनी बीचमा रहेको कान्जी हाउसबाट दैलेखको शिरस्थानसम्म पुर्‍याउने भनी ल्याइएका गाई–गोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा मृत भेटिएका थिए ।

ठूलो सङ्ख्यामा गाई–गोरु मृत र बेवारिसे अवस्थामा भेटिएपछि प्रहरीले ढुवानी गर्ने ट्रकका चालक/सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो ।

मुलुकी अपराध संहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १० : २४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ