कांग्रेसको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जितः नेकपा « Khabarhub

कांग्रेसको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जितः नेकपा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तनहुँको ऋषिङ गाउँपालिकामा आइतबार भएको घटनाको सम्बन्धमा नेपाली कांग्रेसको जिल्ला र केन्द्रले जारी गरेको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जित भएको आरोप लगाएको छ ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नेकपाले घटनाको वास्तविक अवस्था र तथ्यलाई पन्छाएर नेपाली कांग्रेसबाट जारी भएको भ्रमपूर्ण वक्तव्यको खण्डन गरेको हो ।

ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजाललाई स्थानीय जनताहरुले शान्तिपूर्ण रुपमा बाटो छेकी जनताको भावना विपरीत गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेकाले भवनको शिलान्यास नगर्न अनुरोध गरिएको विषयलाई पूरै ढाकछोप गरी नेपाली कांग्रेसले आफ्ना नेतामाथि नेकपाका कार्यकर्ताले ढुङ्गामूढा र आक्रमण गरेको भनि लगाएको दाबी पूरै झुटो र भ्रामक रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले आम जनताको भावनालाई कुल्चदै जबर्जस्ती पालिका भवन शिलान्यासको लागि गएका कांग्रेस नेता र जनताहरुको बीच बाटोमा भेट भई अनुरोध गरेको विषयलाई आक्रमण नै गरेको भन्ने दाबी पूरै असत्य भएको बताए ।

शिलान्यास कार्यक्रमको विरोधमा सङ्घर्ष समितिले ऋषिङ बन्द कार्यक्रम आयोजना गरेको अवस्थामा सो बन्दको अवज्ञा नगर्न र विवादबीच भवन शिलान्यास नगर्न अनुरोध गरिएकोमा सांसदसमेत रहेको पूर्वमन्त्री रिजालले कुनै हालतमा भवन शिलान्यास गरेरै छाड्ने बालहठ देखाएको नेकपाका सचिव न्यौपानेले आरोप लगाए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ४८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई