कांग्रेसको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जितः नेकपा | Khabarhub Khabarhub

कांग्रेसको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जितः नेकपा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तनहुँको ऋषिङ गाउँपालिकामा आइतबार भएको घटनाको सम्बन्धमा नेपाली कांग्रेसको जिल्ला र केन्द्रले जारी गरेको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जित भएको आरोप लगाएको छ ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नेकपाले घटनाको वास्तविक अवस्था र तथ्यलाई पन्छाएर नेपाली कांग्रेसबाट जारी भएको भ्रमपूर्ण वक्तव्यको खण्डन गरेको हो ।

ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजाललाई स्थानीय जनताहरुले शान्तिपूर्ण रुपमा बाटो छेकी जनताको भावना विपरीत गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेकाले भवनको शिलान्यास नगर्न अनुरोध गरिएको विषयलाई पूरै ढाकछोप गरी नेपाली कांग्रेसले आफ्ना नेतामाथि नेकपाका कार्यकर्ताले ढुङ्गामूढा र आक्रमण गरेको भनि लगाएको दाबी पूरै झुटो र भ्रामक रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले आम जनताको भावनालाई कुल्चदै जबर्जस्ती पालिका भवन शिलान्यासको लागि गएका कांग्रेस नेता र जनताहरुको बीच बाटोमा भेट भई अनुरोध गरेको विषयलाई आक्रमण नै गरेको भन्ने दाबी पूरै असत्य भएको बताए ।

शिलान्यास कार्यक्रमको विरोधमा सङ्घर्ष समितिले ऋषिङ बन्द कार्यक्रम आयोजना गरेको अवस्थामा सो बन्दको अवज्ञा नगर्न र विवादबीच भवन शिलान्यास नगर्न अनुरोध गरिएकोमा सांसदसमेत रहेको पूर्वमन्त्री रिजालले कुनै हालतमा भवन शिलान्यास गरेरै छाड्ने बालहठ देखाएको नेकपाका सचिव न्यौपानेले आरोप लगाए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ४८ बजे

समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र