सभामुख महराले दिए पदबाट राजीनामा « Khabarhub

सभामुख महराले दिए पदबाट राजीनामा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । यौन दूराचारको आरोप लगोका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवाल बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महराले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएपछि महरा पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।

महराले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा आजैदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका छन् । उनले लेखेको राजीनामा पत्रमा घटनाको छानबिन नसक्दा सम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।

महराले लेखेको राजीनामा पत्र यस्तो छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेद्वारको रुपमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित महरा वाम गठवन्धन (तत्कालीन एमाले र माओवादी केन्द्र)को साझा उम्मेद्वारका रुपमा प्रतिनिधिसभाको सभामुखमा विजयी भएका थिए ।

महरामाथि सोमबार साँझ संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएकी थिइन् ।

सभामुख महरामाथि लागेको आरोप तथा अबको प्रक्रियाबारे निर्णय गर्न भनेर मंगलबार बिहान नेकपा सचिवालय बैठक बसेको थियो ।

सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर छानबिनमा सघाउनका लागि सुझाव दिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १ : १४ बजे

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति