सभामुख महराले दिए पदबाट राजीनामा « Khabarhub

सभामुख महराले दिए पदबाट राजीनामा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । यौन दूराचारको आरोप लगोका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवाल बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महराले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएपछि महरा पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।

महराले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा आजैदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका छन् । उनले लेखेको राजीनामा पत्रमा घटनाको छानबिन नसक्दा सम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।

महराले लेखेको राजीनामा पत्र यस्तो छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेद्वारको रुपमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित महरा वाम गठवन्धन (तत्कालीन एमाले र माओवादी केन्द्र)को साझा उम्मेद्वारका रुपमा प्रतिनिधिसभाको सभामुखमा विजयी भएका थिए ।

महरामाथि सोमबार साँझ संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएकी थिइन् ।

सभामुख महरामाथि लागेको आरोप तथा अबको प्रक्रियाबारे निर्णय गर्न भनेर मंगलबार बिहान नेकपा सचिवालय बैठक बसेको थियो ।

सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर छानबिनमा सघाउनका लागि सुझाव दिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १ : १४ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल