कृष्णबहादुर महरा पुनः सभामुखका रुपमा फर्किने सम्भावना कति ? « Khabarhub

कृष्णबहादुर महरा पुनः सभामुखका रुपमा फर्किने सम्भावना कति ?


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुराचारको आरोपमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्ण बहादुर महराले ‘राजीनामा पत्र’मा प्रयोग गरेको शब्दप्रति चर्चा शुरु भएको छ ।

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष बुझाएको राजीनामा पत्रमा भनिएको छ– हिजो (सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।

महराको राजीनामा पत्रमा उल्लेखित वाक्य ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’ले उनी अझै सभामुखको रुपमा फर्किन चाहन्छन् भन्ने देखाउँछ ।

अनुसन्धान प्रक्रियामा उनीमाथि लागेको आरोप प्रमाणि हुने ठोस आधार फेला नपरेमा महरा पुनः सभामुखको रुपमा जिम्मेवारीमा फर्किने उनका प्रेस सल्लाहकार डिल्ली मल्लको दाबी छ ।

‘सभामुख ज्यूले गम्भीर आरोप लागेको सन्दर्भमा त्यसको अनुसन्धान र छानबिन प्रक्रिया, निष्पक्ष, स्वतन्त्र र सत्यतथ्य रुपमा होस् भनेर छानबिन अवधिसम्मका लागि सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिनुभएको हो । यसले छानविन प्रक्रियालाई सहयोग पु¥याउँछ,’ मल्लले फेसबूकमा लेखेका छन्, ‘राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन । यी सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ।’

तर, संवैधानिक कानूनका ज्ञाता भीमार्जुन आचार्य भने राजीनामा सन्दर्भमा शर्त स्वीकार हुन नसक्ने बताउँछन् । आचार्य भन्छन्– ‘सभामुखको पदबाट राजीनामा दिएको पत्रमा महराले प्रयोग गरेको भाषा उपयुक्त हैन । राजीनामा अस्थायी र अन्तरिम कालका लागि भन्ने हुँदैन ।राजीनामा दिएपछि पदबाट मुक्त भइन्छ ।’

महराले पदबाट राजीनामा दिइसकेकाले उनीमाथिको आरोप प्रमाणित नभएपनि उनी पुनः सभामुखका रुपमा सोही अवस्थामा फर्किन सक्ने अवस्था नरहेको आचार्यको भनाइ छ । तर, महराको सांसद पद भने अहिले नै गुम्ने अवस्था नरहेको आचार्यको भनाइ छ ।

‘यदि महराविरुद्ध अदालतमा जबरजस्ती करणीको मुद्दा दायर भयो भने मुद्दा प्रक्रिया नटुङ्गिएसम्म उनी सांसद पदबाट निलम्बित हुन्छन् । अदालतले दोषी ठहर गरेमा उनी बर्खास्त हुन्छन्,’ आचार्य भन्छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ३ : २३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक