काठमाडौं- नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गर्दै शर्माले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने जानकारी दिए ।
अन्य जिल्लाका हकमा चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन नेता तथा कार्यकर्तालाई निमन्त्रणा गरेको छ ।
२०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम दशैंको अवसर पारेर हरेक वर्ष कांग्रेसले आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया