अमेरिकासँग वार्ताका लागि उत्तर कोरियाले थाल्यो पहल  « Khabarhub

अमेरिकासँग वार्ताका लागि उत्तर कोरियाले थाल्यो पहल 


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– अमेरिकासँगको अवरुद्ध वार्ता प्रक्रिया अघि बढाउन उत्तर कोरियाले पहल थालेको छ ।

अमेरिकासँगको वार्ताका लागि अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्ने सहमति भएको उत्तर कोरियाली विदेश मन्त्रालयले जनाएको हो ।

प्रथम उप–विदेशमन्त्री चो सोन हुईले मंगलबार जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली प्रतिनिधिमण्डल कार्यदलस्तरीय वार्तामा बस्न तयार बनेको जनाएको छ ।

उनले भने, “मलाई विश्वास छ कार्यदलस्तरीय वार्ताबाट अमेरिका–उत्तर कोरिया सम्बन्ध विकासका लागि सकारात्मक गति प्राप्त हुनेछ ।”

वासिङ्टन–प्योङयाङबीच कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरणका लागि गत बर्षदेखि शुरू भई यसै बर्षको फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ताबाट सम्झौताका लागि कुनै प्रगति नभएपछि वार्ता प्रक्रिया अवरूद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : १४ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध