राष्ट्रिय गौरवका आयोजनामा २० अर्ब बाँडफाँट « Khabarhub

राष्ट्रिय गौरवका आयोजनामा २० अर्ब बाँडफाँट


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनहितका लागि निर्माण गरिने राष्ट्रिय गौरवका आयोजना लगायत शिक्षा स्वास्थ्य, कृषि र नयाँ औद्योगिक क्षेत्रको विस्तार गरी जनतालाई रोजगारीतर्फ उन्मुख गराउने सरकारको मूल लक्ष्य रहेको जनाएका छन् ।

जिल्ला समन्वय परिषद् मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तहलाई सबल र पारदर्शीका साथ आफ्नो अधिकारलाई सदुपयोग गर्न आवश्यक ऐन कानून तर्जुमा गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजित गरिसकेको जानकारी दिए ।

उनले प्रदेश सरकारले आफ्नो नीति कार्यक्रमअनुसार प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजना र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन चालू आवको प्रथम चौमासिकभित्र करीब रु २० अर्बको अनुदानको बाँडफाँट गरिएको पनि स्पष्ट पारे ।

जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमखु रघुनाथ खुलालले जिल्लाको आठ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भौतिक विकासको पूर्वाधारलाई आधुनिक प्रविधिबाट निर्माण कार्य सम्पन्न गर्न स्थानीय निकायका जनप्रतिनिधिहरु दैनिक क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : ५९ बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन