रवीन्द्र अधिकारीको निधन सहनै नसकिने पीडा ! « Khabarhub

रवीन्द्र अधिकारीको निधन सहनै नसकिने पीडा !


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

– गोकर्ण विष्ट


यो ज्यादै दुःखद क्षण हो । एकातिर हामीले सँगै काम गर्ने मन्त्री गुमाएका छौं । अर्कोतिर हामीले जनप्रतिनिधि गुमाएका छौं । आन्दोलनको एउटा योद्धा गुमाएका छौं । मेरो त व्यक्तिगत हिसावले सबैभन्दा लामो अवधिको साथी गुमाएको छु । हामी अत्यन्तै दुःखी छौं ।

राजनीतिक जीवनको सवैभन्दा लामो आवधि सँगै विताउँदा रवीन्द्रसँगका धेरै स्मरणीय क्षणहरु छन् । उहाँ विद्यार्थीको इञ्चार्ज र म मोर्चा इञ्चार्जको हिसावले काम गर्दा हामीले जुन प्रकारका दुःख, कष्ट र कठिनाइहरु सामना ग¥यौं, ती एकदमै स्मरणीय छन् । ती क्षणहरुलाई एकदम नजिकबाट सम्झिरहेको छु ।

३ दशक लामो राजनीतिक यात्रामा निरन्तर रुपमा देश र जनताको हितमा काम गर्ने क्रममा धेरै यस्ता क्षण छन्, जहाँ हामीले थुप्रै चुनौती र कष्टका बाबदूत जिम्मेवारी पूरा ग¥यौं ।

उहाँ जस्तोसुकै अप्ठेरो स्थितिमा पनि सहज रुपमा काम गर्ने । दुःखलाई हाँसेर जित्ने उहाँको खुवी थियो । आन्दोलनका क्रममा उहाँसँग हुँदा सधैं हौसला मिल्थ्यो ।

कार्यकर्तामाझ उहाँ सधैं प्रिय हुनुहुन्थ्यो । अहिले उहाँ हामीमाझ हुनुहन्न भन्ने सोच्दा पनि सहन नसकिने पीडा महसूस भइरहेको छ । उहाँको निधन देश र जनताका लागि अपूरणीय छ नै व्यक्तिगत रुपमा मेरो लागि सबैभन्दा नजिकको साथी गुमाएको छु । उहाँको निधन सहनै नसकिने पीडा बनेको छ ।

खबरहबकर्मी रिता लम्सालसँगको कुराकानीमा आधारित

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ४२ बजे

दाङमा अतिक्रमण गरी बनाइएका संरचना हटाइने

दाङ– सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा

देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का, अर्को सूचना नभएसम्म लागू

काठमाडौं– यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता

नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सडकमा सीसी क्यामरा जडान गरिने

काठमाडौं– काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै