ओसामा बिन लादेनका छोराको टाउको बुझाउनेलाई १० लाख अमेरिकी डलर « Khabarhub

ओसामा बिन लादेनका छोराको टाउको बुझाउनेलाई १० लाख अमेरिकी डलर


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले आतंकवादी संगठन अल कायदाका संस्थापक नेता ओसामा बिन लादेका छोराको टाउकोको मूल्य निर्धारण गरेको छ ।

अमेरिकाको जस्टिस डिपार्टमेन्टको रिवार्ड फर जस्टिस कार्यक्रम अन्तर्गत हमजा बिन लादेनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकिएको छ ।

पछिल्लो समय अल कायदामा उदयीमान नेताका रुपमा रहेका थिए । उनले पछिल्ला केही वर्षयता अडियो तथा भिडियो सन्देश जारी गर्दै आफ्ना समर्थकहरुलाई अमेरिका तथा पश्चिमा मुलुकमा आक्रमण गरी आफ्ना बुबाको बदला लिन आह्वान गर्दै आएका थिए ।

अल कायदा प्रमुख ओसामा बिन लादेनको सन् २०११ मा अमेरिकी विशेष सुरक्षा कारवाहीमा मृत्यु भएको थियो ।

हमजा बिन लादेन हाल ३० वर्ष आसपास रहेको बताइन्छ । उनलाई अमेरिकाले गत वर्ष मात्र औपचारिक रुपमा आतंकवादीको सूचिमा राखेको थियो ।

उनी हाल पाकिस्तान तथा अफगानिस्तानको सीमा आसपास भूमिगत रहेको बताइन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ३९ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र