जमात ए इस्लामीको गतिविधिमाथि ५ वर्षको प्रतिबन्ध « Khabarhub

जमात ए इस्लामीको गतिविधिमाथि ५ वर्षको प्रतिबन्ध


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय अधिकारीले भारत प्रशासित कश्मीरमा सक्रिय इस्लामिक संगठन जमात ए इस्लामीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

हिंसात्मक विद्रोह तथा पृथकतावादलाई बढावा दिएको भन्दै जमात ए इस्लामीमाथि ५ वर्षे प्रतिबन्धको घोषणा गरिएको हो ।

भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जमात ए इस्लामीको गतिविधिमा ५ वर्षे प्रतिबन्ध लगाइएको जनाएको हो ।

गृह मन्त्रालयले त्यस संगठनको कश्मीर तथा अन्य क्षेत्रमा सक्रिय अतिवादी समूहसँग साँठगाँठ रहेको तथा मुलुकको अखण्डताविरुद्धको गतिविधिमा सक्रिय रहेको जनाएको छ ।

त्यस्तै, गृह मन्त्रालयको विज्ञप्तिमा यो संगठन मुलुकमा नागरिक तथा सामाजिक व्यवस्थाविरुद्धका गतिविधिमा पनि सक्रिय रहेको जनाइएको छ ।

गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामामा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणपछि प्रहरीले कश्मीरमा ३ सयजनाभन्दा धेरै जमात ए इस्लामीका नेता अब्दुल हमिद फैयाजसहित अन्य नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

जमात ए इस्लामी भारतमा राजनीतिक तथा अन्य धार्मिक क्षेत्रमा पनि सक्रिय रहेको बताइन्छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ३४ बजे

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा