सावधान ! यी ७ चरित्रका पुरुषसँग प्रेम नगर्नुस्, धोका पाइएला « Khabarhub

सावधान ! यी ७ चरित्रका पुरुषसँग प्रेम नगर्नुस्, धोका पाइएला


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रेम एक यस्तो आर्कषण हो जहाँ केहिबेरको भेट वा कुराकानीले पनि ठूलो महत्व राख्दछ भने कतिपय अवस्थामा बर्षाैको परिचय पनि कहिलेकाहि काम लाग्दैन ।

अझ अहिलेको बद्लिदो पुस्तामा प्रेमको उमेर र आधारहरु नै फरक हुन थालेका छन् । आजकल युवाहरु प्रेममा धोका दिने र युवतीहरु सम्पन्न युवासंग मात्र प्रेम गर्ने आरोपप्रत्यारोप लाग्दै आएको छ ।

हुनपनि केहि परीस्थितीमा केटालाई कुनै पनि केटिको शारीरीक आर्कषण, अनुहारको सुन्दरता बढि महत्व दिने र केटि पनि सम्पन्न तथा उच्च पदिय केटाको प्रेममा छिटो पर्ने देखिएको छ । आज हामी प्रेममा धोका नपाउन युवतिले कस्ता युवाबाट सावधान रहनु पर्छ त्यो टिप्स दिदैछौ :

१. केहि युवतिहरु मीठो बोल्ने केटाको कुरामा छिट्टै विश्वास गर्ने र पछि धोका पाउने गर्दछन् । तर प्रेममा शब्द भन्दा पनि ब्यवहार र मायाको मोल बढि हुन्छ, त्यसलाई युवतिले बुझन् जरुरी छ ।

२. यदि कोहि केटा पहिलो भेटमा नै छिट्टै आफ्नोपन देखाउने र मीठामीठा कुरा गर्न थाल्छन् भने सचेत हुनुहोस् । उनीहरु प्रेममा पर्न आतुर भन्दा पनि तपाईलाई प्रभावमा लिन हतारीएका छन् ।

३. भेट्दा वा कुराकानिको क्रममा चाहिने भन्दा वा आवश्यकता भन्दा पनि बढि तारिफ गर्ने केटाहरु प्रेम प्रती बफादार हुन सक्दैनन् । बरु तारीफको सट्टा कमजोरी औल्याएर सुर्धाने उपाय बताउने केटा तपाईको सच्चा प्रेमि बन्न सक्छन् ।

४. धोकबाज चरित्रका युवकहरू बोल्न माहिर हुन्छन् । उनीहरु युवतीलाई पट्ट्याउन शुरुमा जे गर्न पनि तयार रहेको बताउछन् । तर मतलब सकिएपछि भने धोका दिने गर्दछन् ।

५. अधिकाशं प्रेमी छिटो शारीरिक सम्बन्ध बनाउने चाहाना राख्दछन् । तर शारीरीक संबन्ध प्रेमको एक हिस्सा भएपनि यो प्रेमभित्र अनिवार्य भने होइन । त्यसैले शारीरीक संबन्धका लागी दबाब दिने पुरुषबाट टाढा रहनुहोस् । हुनत शारीरीक संबन्ध राख्दैम प्रेममा धोका पाइन्छ भन्ने चाहि होइन ।

६. गलत नियत भएका पुरुषको रहस्यमयी व्यक्तित्व हुन्छ । प्रेमिकालाई भेट्न जादा“ उनीहरुको म्यासेन्जर वा मोवाइलको इनबक्स खाली हुन्छ । अर्थात भेट हुनुअघि उनीहरु सबै डिलिट गरेर जाने गर्दछन् । यि चरीत्रका केटा प्रेमका लागी योग्य हुदैनन् ।

७. प्रेममा सबैभन्दा ठुलो दायित्व भनेको आफ्नो प्रेमी वा प्रेमीकाको ख्याल राख्नु वा उसलाई संरक्षण गर्नु हो । तर आजकल प्रेममा पर्नुअघि अनेकौं सपना देखाउनेहरु पछि एकाएक परवाह गर्न छाड्ने, महत्वपूर्ण दिनहरू बिर्सने, झुट बोल्ने र बहाना बनाउने गर्दछन् । यि मान्छेहरु धोकेबाज हुन्छन् । यस्तालाई भरोसा गर्नु तपाईका लागी खतरनाक हुन्छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : ३५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको