गुल्मीका लागि नेकपाले टुंग्यायो उम्मेदवारको नाम « Khabarhub

गुल्मीका लागि नेकपाले टुंग्यायो उम्मेदवारको नाम


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गुल्मीमा हुने उपचुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

गुल्मीको रुरु गाउँपालिकाको वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि आगामी मंसिर १४ गते उपचुनाव हुँदै छ ।

नेकपाले रुरु–६ को वडाध्यक्ष पदका लागि सोही वडाको निर्वाचित वडासदस्य गिरी सिञ्जालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिञ्जालीलाई सदस्य पदबाट राजीनामा गराएर वडाध्यक्ष पदका लागि उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको नेकपाको गुल्मी जिल्ला सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।

रुरु–६ को अध्यक्षका लागि नेपाली कांग्रेसले भने उम्मेदावरको टुंगो लगाइसकेको छैन । यद्यपि, कांग्रेसले पुरानै उम्मेदावरलाई निरन्तरता दिने संभावना छ ।

गुल्मीको रुरु गाउँपालिकाको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो । माओवादी र कांग्रेसको तालमेलका बाबजूद पनि रुरु गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नम्बर ६ को अध्यक्षमा पनि तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित पूर्णबहादुर रेग्मीको १३ साउन २०७५ मा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ११ : ५९ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई