दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला, यात्रुहरुको भागदौड « Khabarhub

दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला, यात्रुहरुको भागदौड


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु फेला परेको छ ।

शुक्रबार बिहान शंकास्पद बस्तु फेला परेपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रबार बिहान करिब २ बजेतिर दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको दिल्ली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विमानस्थलमा लगेजहरु ओसार्न प्रयोग हुने ट्रलीमा एउटा वेवारिसे झोला फेला परेको थियो ।

उक्त झोलामा बम भएको हुनसक्ने भन्दै प्रहरीको बम डिस्पोजल टोली विमानस्थलमा तैनाथ भएको थियो ।

कुकुरसहितको सुरक्षाकर्मीको टोलीले जाँचका क्रममा झोलाभित्र विस्फोटक पदार्थ रहेको हुनसक्ने संकेत गरेको थियो ।

यद्यपि, प्रहरीले भने अहिलेसम्म उक्त झोलाभित्र विस्फोट पदार्थ नै रहेको भनेर पुष्टि गरिसकेको छैन ।

सुरक्षाकर्मीले झोला भेटिएको स्थानलाई घेरा हालेर राखेका छन् ।

विमानस्थलमा शंकास्पद वस्तु फेला परेको खबरपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुमाझ सन्त्रास उत्पन्न भएको छ ।

विमानस्थलमा बम रहेको भन्ने खबर चलेपछि शुक्रबार बिहान यात्रुहरुको भागदौड नै मच्चिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ०७ बजे

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक