के मसला साँचिकै स्वास्थ्यको लागी हानिकारक हो ? « Khabarhub

के मसला साँचिकै स्वास्थ्यको लागी हानिकारक हो ?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डा ओमूर्ति अनिल

मसलाको बारेमा हाम्रो समाजमा धेरै गलत धारणाहरु विद्यमान छन् ।

मसला हानिकारक हो, खान हुन्न, जस्ता धारणहरु गलत पनि हुनसक्छ । हाम्रो जानकारी अनुसार जुनसुकै प्राकृतिक खानालाई उचित तरिकाले पकाएर प्रयोग गरिएमा स्वास्थ्यलाई हानीको सट्टा फाइदा नै गर्दछ ।

मसलाहरु पूर्णतया प्राकृतिक खानेकुरा हुन् । मिसावट रहित मसला पूर्णरुपले प्राकृतिक भएकोले स्वास्थ्यलाई फाइदा नै पुर्‍याउँछ । प्रत्येक मसलाको आफ्नै महत्वहरु हुन्छन् । यस्ता मसलाले कुनै न कुनै रुपले हाम्रो स्वास्थ्यमा सकारात्मक असर गरेको हुन्छ ।

तर धेरै मसलाको प्रयोग गरेमा वा यसलाई धेरै बेरसम्म प्रशस्त तेल वा घ्यूसँग भुटेमा, यसमा भएको लाभकारी पदार्थ नष्ट हुनसक्छ र शरीरलाई हानी पनि गर्न सक्छ । विशेष गरी धेरै मसला र तेलको प्रयोग आमाशयलाई हानी पुरयाउन सक्छ र ग्यास्ट्राइटिसको समस्या देखापर्न सक्छ ।

हाम्रो जानकारीमा मसलाको उचित प्रयोगले मुटुलाई हानी गर्दैन । खानालाई स्वादिष्ट बनाउन मसला र कागतीको प्रयोग गरेर नुनको प्रयोगमा कटौति गर्नु मुटुरोगीकोलागि फाइदाजनक हुनसक्छ ।

स्वस्थ मानिसकोलागि पनि यस्तो खानेकुरा फाइदाजनक हुन्छ । प्राचिन कालदेखि नै हाम्रो सभ्यता र संस्कृतिमा मसलाको प्रयोग विभिन्न रुपमा हुँदै आएको छ । हाम्रो पूर्वजहरुमा उच्च रक्तचाप, मधुमेह र मुटुरोगको प्रकोप थोरै भएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

त्यसैले यी प्राकृतिक खानेकुरालाई नकारात्मक दृष्टिले हेर्नुको सट्टा प्रयोगमा ल्याउनु जरुरी देखिन्छ । तर यसको शुद्धता, मात्रा र प्रयोगको तरिकामा ध्यान दिनु आवश्यक हुन्छ । आयुर्वेद शास्त्रमा पनि विभिन्न मसलाहरुको स्वास्थ्यलाभ वर्णन गरिएको छ ।

प्रत्येक मसलाको आफ्नै महत्व भएको पाइछ । मसलाको उचित प्रयोग गरेमा, यसले फाइदा गर्दछ । मसलाले हानीगर्छ भन्ने धारण गलत हुनसक्छ । मसलालाई धेरै तेलमा, धेरै बेरसम्म भुटेर वा धेरै नुन हालेर प्रयोग गरिएमा फाइदाको सट्टा हानी पनि गर्नसक्छ । त्यसैले मसलाको प्रयोग खानामा सही मात्रामा उचित तरिकाले गर्नु पर्दछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : २७ बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा