के मसला साँचिकै स्वास्थ्यको लागी हानिकारक हो ? | Khabarhub Khabarhub

के मसला साँचिकै स्वास्थ्यको लागी हानिकारक हो ?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डा ओमूर्ति अनिल

मसलाको बारेमा हाम्रो समाजमा धेरै गलत धारणाहरु विद्यमान छन् ।

मसला हानिकारक हो, खान हुन्न, जस्ता धारणहरु गलत पनि हुनसक्छ । हाम्रो जानकारी अनुसार जुनसुकै प्राकृतिक खानालाई उचित तरिकाले पकाएर प्रयोग गरिएमा स्वास्थ्यलाई हानीको सट्टा फाइदा नै गर्दछ ।

मसलाहरु पूर्णतया प्राकृतिक खानेकुरा हुन् । मिसावट रहित मसला पूर्णरुपले प्राकृतिक भएकोले स्वास्थ्यलाई फाइदा नै पुर्‍याउँछ । प्रत्येक मसलाको आफ्नै महत्वहरु हुन्छन् । यस्ता मसलाले कुनै न कुनै रुपले हाम्रो स्वास्थ्यमा सकारात्मक असर गरेको हुन्छ ।

तर धेरै मसलाको प्रयोग गरेमा वा यसलाई धेरै बेरसम्म प्रशस्त तेल वा घ्यूसँग भुटेमा, यसमा भएको लाभकारी पदार्थ नष्ट हुनसक्छ र शरीरलाई हानी पनि गर्न सक्छ । विशेष गरी धेरै मसला र तेलको प्रयोग आमाशयलाई हानी पुरयाउन सक्छ र ग्यास्ट्राइटिसको समस्या देखापर्न सक्छ ।

हाम्रो जानकारीमा मसलाको उचित प्रयोगले मुटुलाई हानी गर्दैन । खानालाई स्वादिष्ट बनाउन मसला र कागतीको प्रयोग गरेर नुनको प्रयोगमा कटौति गर्नु मुटुरोगीकोलागि फाइदाजनक हुनसक्छ ।

स्वस्थ मानिसकोलागि पनि यस्तो खानेकुरा फाइदाजनक हुन्छ । प्राचिन कालदेखि नै हाम्रो सभ्यता र संस्कृतिमा मसलाको प्रयोग विभिन्न रुपमा हुँदै आएको छ । हाम्रो पूर्वजहरुमा उच्च रक्तचाप, मधुमेह र मुटुरोगको प्रकोप थोरै भएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

त्यसैले यी प्राकृतिक खानेकुरालाई नकारात्मक दृष्टिले हेर्नुको सट्टा प्रयोगमा ल्याउनु जरुरी देखिन्छ । तर यसको शुद्धता, मात्रा र प्रयोगको तरिकामा ध्यान दिनु आवश्यक हुन्छ । आयुर्वेद शास्त्रमा पनि विभिन्न मसलाहरुको स्वास्थ्यलाभ वर्णन गरिएको छ ।

प्रत्येक मसलाको आफ्नै महत्व भएको पाइछ । मसलाको उचित प्रयोग गरेमा, यसले फाइदा गर्दछ । मसलाले हानीगर्छ भन्ने धारण गलत हुनसक्छ । मसलालाई धेरै तेलमा, धेरै बेरसम्म भुटेर वा धेरै नुन हालेर प्रयोग गरिएमा फाइदाको सट्टा हानी पनि गर्नसक्छ । त्यसैले मसलाको प्रयोग खानामा सही मात्रामा उचित तरिकाले गर्नु पर्दछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : २७ बजे

हमासले भोलि थप तीन बन्दीलाई छाड्ने

एजेन्सी – प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासले इजरायलबाट नियन्त्रणमा

रविलाई पौने तीन करोड जुट्दा उनकै कार्यकर्ता एक लाख धरौटी बुझाउन नसकेर जेल चलान

काठमाडौं – सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह

नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

काठमाडौं – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने