काण्डहरुले प्रभाव पारेको हो साम्राज्ञीको ‘स्टारडम’लाई? « Khabarhub

काण्डहरुले प्रभाव पारेको हो साम्राज्ञीको ‘स्टारडम’लाई?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयकी लोकप्रिय नायिका हुन् । चलचित्र ‘ड्रिम्स’ मा गरेको अभिनय र क्युट लूकका कारण उनीएकाएक हिट भइन् । झट्ट हेर्दा उनी मुडी देखिन्छिन् । यसैले पनि होला, कति दर्शकले साम्राज्ञीलाई मुडी नायिकाका रुपमा लिन्छन् ।

साम्राज्ञीलाई नजिकबाट चिन्नेहरुले भने उनको खुबै तारिफ गर्छन् । उनी निकै सहयोगी भएको भन्दै तारिफ गर्छन् । अभिनयले भन्दा पनि साम्राज्ञीले सुन्दरताका कारण चर्चा कमाएकी छिन् । फ्यानको मन पनि जितेकी छिन् ।

पछिल्लो समय हेर्दा चाहिँ उनको स्टारडम केही खस्किएको हो कि भन्ने धेरैलाई लागेको छ । शुरुवाती करिअरका बेला एकपछि अर्को गर्दै हिट फिल्म दिएकी साम्राज्ञीका यस वर्ष रिलिज भएका दुवै फिल्म व्यावसायिक रुपमा असफल रहे । उनले अभिनय गरेको चलचित्र ‘मारुनी’ ले पनि ठीकै प्रतिक्रिया पायो । अर्को फिल्म ‘रातो टीका निधारमा’ ले त झन् दशैँको विदालाई पनि सदुपयोग गर्न सकेन ।

अझ कतिले त ‘रातो टीका निधारमा’ मा साम्राज्ञीको भूमिका नै नसुहाएको टिप्पणी समेत गरे । बरु ‘मारुनी’ मा अभिनय सुधारेको भन्दै तारिफ पाइन् ।

जब साम्राज्ञीको फिल्म रिलिज हुने बेला आउँछ, उनी कुनै न कुनै विवादमा मुछिन्छिन् । यसअघि ट्याटु काण्ड, बाली काण्ड लगायत यस्तै यस्तै काण्डले साम्राज्ञी विवादमा आइन् । एकपटक त उनले गाउँले भूमिका नै नगर्ने भन्दै मिडियामा समाचार आए । तर, साम्राज्ञीले आफूले कहिले पनि गाउँले भूमिका गर्दिनँ भनेर नभनेको बताउँछिन् ।

फिल्मको रिलिज मिति नजिक आउँदा साम्राज्ञी विवादमा मिसिनुले उनको फिल्मको व्यावसायिक पाटोलाई घाटा पारिदिएको छ । कहिले मंयक खड्का त कहिले देवांश राणासँग नाम जोडिएका कारण पनि साम्राज्ञीको स्टारडम खस्किँदै गएको कतिपयको भनाइ छ ।

साम्राज्ञीले ‘मारुनी’ र ‘रातो टीका निधारमा’ दुवै फिल्मको कथा मन परेर आफूले फिल्ममा काम गरेको बताएकी थिइन् । तर यी दुवै फिल्म नै कथामा चुकेका थिए । फलस्वरुप फिल्म खासै चलेनन् ।

साम्राज्ञीले फिल्म राम्रा भन्दै गर्नु यता दर्शकले भने फिल्म नपत्याउने हो भने साम्राज्ञीको स्टारडम पनि छिट्टे ओरालो लाग्ने देखिन्छ । थोरै फिल्म खेलेर पनि राम्रो चर्चा कमाउन साम्राज्ञी आफूलाई थप परिस्कृत गर्न जरुरी छ । किनकि, सुन्दरता त पक्कै सधैका लागि हुँदैन । भोलिका दिनमा दमदार अभिनय र विश्वसनीय टिमसँग काम गर्दै अगाडि बढ्नु त पक्कै पर्छ । अर्कातिर नयाँ नायिकाहरू पनि त अहिले एक से एक छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ३ : ०२ बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा