नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि दरखास्त आह्वान « Khabarhub

नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि दरखास्त आह्वान


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ कर्मचारी भर्नाका लागि खुला प्रतियोगितात्मक परीक्षामार्फत दरखास्त आह्वान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै सहायक निर्देशक र सहायक पदमा आवेदन खुलाएको हो ।

सूचनाअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ २६, लेखा/लेखापरीक्षणतर्फ तीन, वाणिज्य कानुनतर्फ दुई र सूचना प्रविधितर्फ चार पदमा कर्मचारी माग गरिएको छ ।

त्यस्तै, सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २६ पदका लागि दरखास्त आह्वान गरिएको छ । कुल ६१ पदमध्ये समावेशी समूहका लागि समेत पद छुट्याइएको छ ।

बैंकले योग्य नेपाली नागरिकबाट कात्तिक २७ गतेदेखि विद्युतीय माध्यमबाट आवेदन माग गरेको छ । इच्छुक उम्मेदवारले तोकिएको दस्तुरसहित आगामी मङ्सिर १७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मङ्सिर २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्रलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ । विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले सम्बन्धित निकायबाट समकक्षता निर्धारण गरिएको प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ ।

सहायक पदका लागि लोक सेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र पनि आवश्यक पर्ने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  १२ : १५ बजे

नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि दरखास्त आह्वान

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ कर्मचारी भर्नाका लागि

डिजिटल विभाजन घटाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी भूमिका खेल्यो : सञ्चारमन्त्री

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार

सुनको मूल्य १२ हजार ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६००

अमेरिकी सिनेटमा नेतृत्वका लागि शुमरलाई भ्यान होलेनको चुनौती

वासिङ्टन– अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला

गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

कोनाक्री– अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र