पाँच चिता पशुपतिमा जलिरहँदा, मुस्किलले चल्यो आफन्तको स्वास | Khabarhub Khabarhub

पाँच चिता पशुपतिमा जलिरहँदा, मुस्किलले चल्यो आफन्तको स्वास


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक दिन धुँवाको मुस्लो उडिरहने गौशालाको पशुपति आर्यघाट, (आज) शुक्रबार पृथक थियो । आर्यघाटमा सधैँ जसो शवहरु जलाइने भए पनि शुक्रबार क्रमशः पाँच चिताका शवहरुमा एकैपटक दागबत्ती दिँदा मलामीहरु भावविह्वल बने । आफन्तको पीडा झन दर्दनाक देखियो । मुर्छित परेका मृतकका परिवारलाई सम्झाउनेहरु नै स्वयं गहभरी आशु पार्दै पीडा पोखिरहेका थिए ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति आर्यघाट पुर्‍याउँदा मृतकका परिवार, आफन्त र शुभचिन्तक सम्हालिन सकिरहेका थिएनन् ।

दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठको ब्रह्मनालमा अन्तिम संस्कार चलिरहेका बेला श्रेष्ठको परिवार भक्कानिदै रुँदै थिए ।

चितामाथि राखिएको बाबुको शवलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै गरेका श्रेष्ठका १५ वर्षीया छोरा अभिषेकको आँखाबाट आँसुका धारा बगे । श्रेष्ठको शव चितामा जल्दै गर्दा उनका छोरा, छोरी र पत्नीले निकै मुस्किलले स्वास फेरिरहेका थिए ।

‘प्रभाकर केसी अमर रहुन !’ राम नाम सत्य ! राम नाम सत्य ! प्रभाकर केसी अमर रहुन !’ श्रेष्ठको शवमा आगो बलिरहेकै समयमा रोदन मिश्रित आवजले झन भावूक बनाउथ्योे । दुर्घटनामा ज्यान गुमाएका पाइलट प्रभाकर केसीको शव उनका आफन्तले चितातर्फ ल्याउँदै थिए ।

केसीका आफन्त र साथीहरु रोदनसहितको मिश्रित आवजमा प्रभाकरको नाम पुकार्दै ‘प्रभाकर केसी अमर रहुन’ भन्दै प्राथना गर्दै थिए । केसीको पार्थिव शरीरलाई दाहसंस्कारको लागि चितामा घुमाउँदै गर्दा उनका बुढा बाबु प्रल्हाद केसी र दाइ दिवाकरको आँसुले अनुहार भिजेको थियो ।

केसीको पार्थिव शरीरलाई चितामाथि राखेपछि केसीका बाबु र दाजु दुवैले आफूलाई सम्हाल्नै सकेनन् । बाबु प्रल्हाद र दाइ दिवाकरले प्रभाकरको मृत शरीरमा दागबत्ती दिनु कठिन घडी थियो । दैबको लिला ! ज्यान गएपछि कर्म निभाउनै पर्ने । आफन्तहरुको साहारमा उनीहरुले हात कमाउँदै दागबत्ती दिए । छेउमै रहेकी प्रभाकरकी आमा रुँदारुँदा कमजोर भइसकेकी थिइन्, तर उनको आँसु अझै रोकिएको थिएन ।

‘प्रभाकर हाँसिमजाक गरिरहने, मिलनसार थियो, उसलाई गीत गाउँन निकै पनपथ्र्यो,’ प्रभाकरलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगेका प्रभाकरका १० वर्षदेखिका साथी सुमन विष्टले आँसु पुछ्दै विलौना गरे । एकैछिनमा प्रभाकरको चिताबाट धुँवाको मुस्लो उड्यो । प्रभाकरका आफन्त र साथीहरुका आँखाबाट आँसु बगिरह्यो ।

पशुपति आर्यघाटमा पाँचै जनाको शव पालैपालो ब्रह्मनालमा संस्कार पूरा गरी चितामा राख्न ल्याइँदै थियो । प्रभाकरपछि मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको शव ब्रह्मनालमा दाहसंस्कारको लागि राखियो ।

घिमिरेको पार्थिव शरीरलाई उनका ८ वर्षीया छोरा अश्विन घिमिरे दागबत्ती दिए । घिमिरेको शव चितामा जल्दै गर्दा उनकी पत्नी र छोरासँगै आफन्तहरु भावविह्वल अवस्थामा थिए ।

दुर्घटनामा ज्यान घुमाएका प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाललाई उनका जेठा दाइ युवराज दाहालले दागबत्ती दिए । दाहालका ११ वर्षीया छोरा, ५ वर्षकी छोरी र पत्नी भक्कानिँदै थिए ।

पशुपति आर्यघाटमा अन्तिममा थियो– ईन्जिनियर ध्रुव भोछिभोयाको पार्थिव शरीर । भोछिभोयाको पार्थिव शरीरलाई छोरा धिरज, छोरीहरु अनिसा, मनिषा र अस्मिताले अन्तिम संस्कारको कार्य गरे । भोछिभोयाको शरीरलाई छोरा र छोरीहरुले अन्तिम श्रद्धाञ्जली अपर्ण गर्दै गर्दा भोछिभोयाकी ५६ वर्षीया पत्नी यमुना डाँको छोडेर रुँदै थिइन् ।

पति वियोगमा भावविह्वल बनेकी यमुनाको रोदनले पशुपति आर्यघाटमा पुगेका सबैलाई स्तब्ध बनायो । सबैका आँखा रसाँए, यमुनाको रोदनले पतिलाई बिउँझाउन सक्दैनथ्यो, किनकी भोछिभोया कहिल्यै नउठ्ने गरी निदाइसकेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : १८ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी