सिरहाका स्थानीय तहमा १५ पद रिक्त, एउटामा मात्रै उपनिर्वाचन हुने | Khabarhub Khabarhub

सिरहाका स्थानीय तहमा १५ पद रिक्त, एउटामा मात्रै उपनिर्वाचन हुने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाका विभिन्न स्थानीय १५ जनप्रतिनिधिको पद रिक्त रहेपनि एउटा पदका लागि मात्रै उपनिर्वाचन हुने भएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न दलले उम्मेदवारको नाम चयन गर्ने क्रम शुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका जिल्लामा एउटा वडाध्यक्ष र १४ वडा सदस्यको पद रिक्त छ । कल्याणपुर नगरपालिकामा वडाध्यक्ष रामदेव यादवको निधन भए पछि हाल सो पद रिक्त छ ।

यस्तै कर्जन्हा नगरपालिका–८ मा मनोनीत कार्यपालिका सदस्य रामचन्द्र ठाकुर जिल्ला समन्वय समितिको प्रमुख तथा विष्णुपुर गाउँपालिका–१ का वडासदस्य सरोजकुमार यादव उपप्रमुखमा निर्वाचित भएपछि वडासदस्य पद रिक्त छ ।

यस्तै लहान नगरपालिका–५ का महिला सदस्य नुरजहाँ खातुन, धनगढीमाई नगरपालिका–९ का दलित महिला सदस्य कृष्णमाया विक, गोलबजार नगरपालिका–१ का दलित सदस्य तेतरराम मोची, मिर्चैया नगरपालिका–१० का मनोनीत कार्यपालिका सदस्य उमेशकुमार सिंह, सिरहा नगरपालिका–७ का दलित महिला सदस्य गीता पासवान, नवराजपुर गाउँपालिका–१ का वडासदस्य छविलाल यादव र सखुवानन्कारकट्टी गाउँपालिका–१ का वडासदस्य शुभनारायण साह जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएपछि वडासदस्य पद रिक्त रहेकाको छ ।

यसैगरी सुखीपुर नगरपालिका–७ का वडासदस्य अजिताकुमारी यादवले २०७५ असार ८ गते तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का दलित महिला सदस्य विनु महराले २०७५ मङ्सिर १४ गते दिएको राजीनामा स्वीकृत भएपछि त्यहाँ वडासदस्य पद खाली छ ।

सिरहा नगरपालिका–४ मा दलित महिला सदस्य पदमा उम्मेदवारी नपरेको र विष्णुपुर गाउँपालिकाको कार्यपालिका सदस्यको नामथर नमिलेकाले उम्मेदवारी दर्ता बदर भएको थियो ।

तर, स्थानीय तहमा रिक्त रहेका पदमध्ये गाउँपालिका तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष पदका लागि मात्रै निर्वाचन हुने कानूनी व्यवस्था छ । जसअनुसार कल्याणपुर नगरपालिकाको वडा नम्बर १४ को वडाध्यक्ष पदका लागि मात्रै उपनिर्वाचन हुने जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिइन् ।


*यसअघि समाचारमा उल्लेख गरिएका केही विवरणहरु गलत पर्न गएकाेमा भुलसुधार गरिएको छ– सम्पादक

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन

काठमाडौं- अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’को डबिङमा सहभागी भएका

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुन्छ : मन्त्री चौधरी

राजविराज– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न

‘संविधान पुनरावलकोन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधान संशोधन र समीक्षामा जानुभन्दा पहिले

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक