देवः विकास बैंकको नयाँ शाखा कावासोती तथा धादिङवेशीमा « Khabarhub

देवः विकास बैंकको नयाँ शाखा कावासोती तथा धादिङवेशीमा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देवःविकास बैक नयाँ शाखा नवलपरसीको कावासोती नगरपालिका वडा नं २ कावासोती र नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ्गवेशीमा शुरु भएको छ ।

बुधबार कावासोती र विहिबार धादिङ्गवेशमा एक कार्यक्रमको आयोजना गरि नयाँ शाखाहरुको उद्घाटन गरिएको छ । देवः विकास बैकको नयाँ शाखाको उद्घाटन गदै बैंक संचालक समितिका सदस्य श्री सुदन रत्न बज्राचार्यले कावासोती नगरपालिका र बैंक संचालक समितिका सदस्य श्री विजय राज शर्मा भुषाल ले बैकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहको बताए ।

कार्यक्रममा देवःविकास बैकका संचालक श्री सुदन रत्न बज्राचार्यूले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको बताए । त्यस्तै गरि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर श्रेष्ठज्यूले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिबृद्धि गर्नका लागि सहकार्य गरिने प्रतिवद्धता जनाए ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, श्री डासुराम पोखरेलले देवः विकास बैंक लि., नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गर्नु हुँदै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न सुझाव दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  २ : २७ बजे

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको