प्रचण्डको प्रस्तावित चीन भ्रमण स्थगित « Khabarhub

प्रचण्डको प्रस्तावित चीन भ्रमण स्थगित


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण अध्यक्ष प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्नी सापकोटाले जानकारी दिए ।

गत शुक्रबार राजधानीमा आयोजित एउटा कार्यक्रममा प्रचण्डले आफू चीन जान लागेको बताए थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा आफू नेतृत्वको टोली चीनको भ्रमणमा जान लागेको प्रचण्डको भनाइ थियो ।

नेकपा अध्यक्ष प्रचण्डसहित नेकपाका नेताहरुको टोली डिसेम्बर १० (मंसिर २४ गते) चीन भ्रमणमा जाने कार्यतालिका थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : १९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर