सडक भिजिन कार्यालयका इन्जिनियरविरुद्ध १९ लाखको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

सडक भिजिन कार्यालयका इन्जिनियरविरुद्ध १९ लाखको भ्रष्टाचार मुद्दा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याललगायत चार जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साह विरुद्ध आरोपपत्र दायर गरेको हो ।

ठेक्काको बोलपत्र मूल्याङ्कन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले पेश गरेको बोलपत्रको ‘बिओक्यू’को बुँदा नं २.३ र २.६ को दररेट अङ्क र अक्षरमा सच्याई १९ लाख ५० हजार ४४० थपी सम्झौता गरेको आयोगको आरोप छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : १५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको