बंगलादेशी क्लब अबहानीलाई मनाङले घरेलु मैदानमा रोक्ला ? « Khabarhub

बंगलादेशी क्लब अबहानीलाई मनाङले घरेलु मैदानमा रोक्ला ?



काठमाडौं– एएफसी कपको पहिलो खेलमा घरेलु टोली मनाङ—मर्स्याङ्दीले बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दै प्रतियोगिताको यो सिजन शुरु गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानलाई होम ग्राउन्ड बनाएको मनाङले बङ्गलादेशी क्लबलाई रोक्दै आफ्ना प्रसंशकलाई सकारात्मक सन्देश दिने बताएको छ ।

मंगलबार खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली लिग च्याम्पियन मनाङका नवनियुक्त प्रशिक्षक छिरिङ लोप्सानले मनाङले सुधारिएको प्रदर्शन गर्ने दाबी गरे ।

“हामीले सोचेअनुसार तयारी गर्न पाएका छैनौं । खेलाडीहरु राष्ट्रिय तथा यु—२३ खेल्न विदेश गएपछि टिमले सेटमा राम्रो तयारी गर्न पाएन । तर, छोटो समयमा भएपनि टिमले तयारी गरेको छ । घरेलु मैदानमा पाहुना टोलीलाई रोक्ने लक्ष्य छ,” उनले अगाडि भने,“घरेलु मैदानमा भोलि खेलाडीहरुले उच्च मनोवलका साथ खेल्ने विश्वास गरेको छु ।”

मंसिरको अन्तिम साता सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको मनाङले पछिल्लो समय मोफसलमा भने राम्रो प्रदर्शन देखाउन सकेको थिएन ।

लिगको सर्वाधिक सफल टोली मनाङले अपेक्षाकृत नतिजा मोफसलमा नल्याउनुलाई नयाँ कार्यसमितिले अघिल्लो कार्यसमितिले खेलाडीहरुका लागि आरामको व्यवस्था गर्न नसक्नुलाई मानेका छन् ।

प्रशिक्षक लोप्सानले भने,“मोफसलमा खेल्दा पुरानो कार्यसमिति थियो । अहिले नयाँ कार्यसमिति आएको छ । नयाँ कार्यसमिति छुट्टै जोश र जाँगरका साथ आएको छ । त्यसले खेलाडीको पनि मनोवल उच्च बनाएको छ ।”

त्यस्तै, नेपाली राष्ट्रिय टोली र मनाङका कप्तान विराज महर्जनले पहिलो खेलमा राम्रो सुरुआत गर्ने बताएका छन् । उनले भने,“हामीले यसअघि पनि अबहानीविरुद्ध खेलिसकेका छौं । अहिलेसम्म पनि अबहानी र हामीबीचको खेल ५०—५० हो । तर, उनीहरुभन्दा राम्रो प्रदर्शन गर्दै सुखद् शुरुआत गर्न चाहान्छौं  ।”

अबहानीविरुद्धको नतिजा आफ्नो पक्षमा पार्ने बताएका प्रशिक्षक लोप्सानले आफ्नो टिम रक्षा पङ्तीदेखि अग्रपङ्तीसम्मै बलियो रहेको बताएका छन् । उनले आफ्नो कमजोरी रहेको पोजिसनमा नयाँ खेलाडी टिमले खरिद गरेको समेत बताएका छन् । मनाङले केही महिनाका लागि पूर्व नेपाल पुलिस क्लबका खेलाडी अभिषेक रिजाल र देवेन्द्र तामाङलाई भित्र्याएको छ ।

एएफसी कपमा पहिलो खेल खेल्न नेपाल आएको बंगाली क्लब अबहानीका पोर्चुगिज प्रशिक्षक मारियो लेमोसले मनाङविरुद्ध आफ्ना्े टोली तयार रहेको बताएका छन् । बंगलादेश प्रिमियर लिगमा दोस्रो भएको अबहानीले घरेलु टोलीलाई रोक्दै ३ अंक जोड्ने प्रशिक्षक मोरिसले बताए ।

उनले भने,“ हामीले यस खेलका लागि २ हप्ता जपत मात्रै तयारी गरेका छौं । तर, हाम्रा कतिपय खेलाडीहरुले बंगलादेश राष्ट्रिय टालीमा हुँदा नेपाली खेलाडीसँग खेलिसकेका छन् । त्यसले हामीलाई घरेलु टोलीसँग खेल्न केही सहज बनाउने छ । हामी मनाङलाई रोक्दै माथिल्लो चरण पुग्ने लक्ष्यमा रहेका छौं ।”

त्यस्तै, अबहानीका कप्तान ताथ गोलकिपर शहिदुल युसुफ सोहिलले नेपाली टोलीलाई रोक्न टोलीको तयार रहेको बताए । यस्तै, उनले पहिलो खेल जीत्दै घरेलु मैदानमा स्वागत गर्न चाहेको बताएका छन् । कप्तान युसुफले आफुहरुले ‘टर्फ’ मैदानमा खेलेको अनुभव नभएकाले केही समस्या भएपनि मनाङविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।

खेल बुधबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ ।

समूह ई मा रहेको मनाङसहित, मिनेराभ पञ्जाव, ढाका अबहानी र चेन्नाइनी रहेका छन् । मनाङले अबहामीसँगको अवे खेल जुन १९ मा खेल्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : ५९ बजे

ट्राफिक कारबाहीमा एकैदिन करिब २४ लाख राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा एक हजार

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, परिवार तथा आफन्तका नाममा लुकाइएको सम्पत्तिबारे सूचना माग

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं– विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर

गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटक (तस्बिरहरू)

पोखरा– पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा

राष्ट्रसङ्घीय प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ– नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम