नेपाली सेना र प्रहरी अन्तर्राष्ट्रिय जगतमै उदाहरणीय : मन्त्री पोखरेल « Khabarhub

नेपाली सेना र प्रहरी अन्तर्राष्ट्रिय जगतमै उदाहरणीय : मन्त्री पोखरेल


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना र प्रहरी विश्वमै उदाहरणीय रहेको बताएका छन् ।

अमेरिकामा भएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिइ स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना र प्रहरीको योगदान विश्व जगतमै उल्लेखनीय रहेको बताएका हुन् ।

मन्त्री पोखरेलले १५ चैतमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मन्त्रीस्तरिय बैठकलाई सम्वोधन गरेका थिए । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्‍याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगत समक्ष उजागर गर्न मद्धत पुगेको मन्त्री पोखरेलले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्र संघको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्न नेपाल तयार रहेको बताउँदै राष्ट्रसंघको अनुरोधमा नेपालले विभिन्न मिसनमा रहेर काम गरिरहेको जानकारी गराएको बताए ।

भ्रमणका क्रममा नेपाली सेनाको भूमिकाका बारेमा थप परिचित गर्न मद्धत पुगेको उनले बताए । त्यस्तै उनले शान्ति मिसनमा नेपाली सेनाको भूमिकाबारे प्रसंसा भएपनि नेपाली सेनालाई नेतृत्वदायी भूमिका नदिइएको बारेमा पनि छलफल गरिएको उनले बताए ।

अमेरिका बसाइका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस लगाएतसंग भेटवार्ता भएको पोखरेलले बताए । मन्त्री पोखरेल मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ०० बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई