कांग्रेस जिल्ला सभापतिहरुको भेला कि छलफल ? « Khabarhub

कांग्रेस जिल्ला सभापतिहरुको भेला कि छलफल ?


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले अनौपचारिक भेलाको आयोजना गर्ने भएका छन् ।

भेलामा मुख्य रुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोड्दार साथ उठाइने बताइएको छ ।

बुधबारदेखि काठमाडौँमा हुन लागेको दुईदिने भेलामा पार्टीको संस्थापन पक्षका सभापतिको भने उपस्थिति नहुने बताइएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निकट मानिने नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जिल्ला सभापतिको भेला बुधबार हुन लागेको जानकारी दिँदै भने, “भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ ।”

भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी हुने उनले बताए । सो भेलालाई संस्थापन पक्षले भने केही जिल्ला सभापतिका अनौपचारिक भेट मात्र हो भनी टिप्पणी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष निकट मानिने भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जिल्ला सभापतिका भेला हुने भन्ने हल्ला भए पनि कुनै औपचारिक भेला नभएको दाबी गरे । उनले भने- “केही साथीहरु बसेर छलफल गर्नुहुन्छ होला सभापतिको भेला भने छैन्,” ।

काठमाडौँका जिल्ला सभापति कृष्णसवुज बाँनियाले जिल्ला सभापतिको औपचारिक भेला नभए पनि सबै जिल्ला सभापति उपस्थिति भई छलफल हुने जानकारी दिँदै औपचारिक उद्घाटन भने नहुने बताए । साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे छलफल हुने उनले बताए ।

कांग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय जिल्ला सभापतिहरुको आरोप छ । कांग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठेपनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो ।

उक्त दुई मागका सम्बन्धमा सबै जिल्ला सभापतिका सहमति भए पनि संस्थापन इतर पक्षले आफ्नो मात्र माग हो भन्ने जसरी अतिरञ्जित गरेको भन्दै भक्तपुरका सभापति थापाले आपत्ति प्रकट गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ८ : ०१ बजे

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीको राजीनामा

गोदावरी– सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर