बढी भाडा लिने ३१ ट्याक्सीलाई कारबाही « Khabarhub

बढी भाडा लिने ३१ ट्याक्सीलाई कारबाही


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई निगरानी गरेर कारबाही थालेको छ । पोखरामा ट्याक्सी चालकले मनपरी भाडा लिएको भन्ने गुनासो यात्रुबाट बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सादा पोशाकका प्रहरी खटाएर कारवाही अगाडि बढाएको हो ।

पोखराका विभिन्न स्थानबाट बुधबार ३१ ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख मुरारी मिश्रले जानकारी दिए ।

“पर्यटकीय शहर पोखरामा ट्याक्सी चढ्नेहरुको निकै गुनासो आइरहेको थियो । पटक पटक मिटरमा चलाउने सहमति भए पनि कार्यान्वयन नभएपछि हामीले कारवाहीलाई अगाडि बढाएका हौँ ”, मिश्रले भने “नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात कार्यालयबाट बढी भाडाअन्तर्गत कारबाही हुनेछ ।”

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ८ : ४३ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको