सम्झौताको ४ वर्ष नपुग्दै इजरायलको रोजगारी बन्द! « Khabarhub

सम्झौताको ४ वर्ष नपुग्दै इजरायलको रोजगारी बन्द!


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौतापत्रमा हस्तााक्षर भएको थियो । पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारीस्तरमा श्रम सम्झौता (जिटुजी) भएको ४ वर्ष नपुग्दै बन्द भएको छ । ४ वर्षअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकै महत्व दिएर शुरु गरेको केयरगिभर रोजगारी पछिल्लो समयमा इजरायलबाटै कामदारको माग आउन छोडेको छ ।

इजरायलमा बालबालिका तथा वृद्धवृद्धाको रेखदेख र स्याहारसुसारका लागि दुई वर्षभित्र तीन सय केयरगिभर पठाउन नेपाल र इजरायल सरकारबीच सम्झौता भएको थियो । तर, यो अवधिमा करिब ७७ जना नेपाली केयरगिभरको रोजगारीका लागि इजरायल पुगेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

विभागले इजरायल रोजगारीका लागि दुई वर्षको बीचमा दुई पटक इच्छुक युवायुवतीसँग आवेदन संकलन गरे पनि दोस्रो चरणमा सफल भएकाहरू अझै इजरायल जान पाएका छैनन् ।

दोस्रो चरणमा छनोट भएका ४२ जना कामदार इजरायल नै जान नपाएको विभागले जनाएको छ । जसमा १८ जना इजरायल गएका थिए । उक्त कार्यक्रम अनुसार अघिल्लो वर्ष पहिलो चरणमा ५९ जना केयरगिभरको काम गर्न इजरायल पुगिसकेका छन् । २०७३ सालपछि इजरायलबाट कामदारको माग नै आउन छाडेको विभागले जनाएको छ ।

इजरायलमा मानव अधिकारको पनि राम्रो पालना हुने भएकाले कामदारले बसाइ र काम गर्न सहज मान्ने गर्छन्

पछिल्लो समयमा इजरायलबाट कामदारको माग नै आउन बन्द भएको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँले जानकारी दिए । हाल इजरायलको रोजगारी बन्द जस्तै भएको निर्देशक गुरागाँईले बताए । उनले भने, ‘सरकारले इजरायलको रोजगारी रोकिएका विषयमा सम्बन्धित निकायसँग छलफल गरिरहेको छ । चाँडै निकास आउँछ । खुल्न नखुल्न विषयमा केही भन्न नसकिने अवस्था छ ।’

जिटुजी (दुबै देशका सरकारी निकायको माध्यम प्रक्रियाद्वारा मात्र कामदार पठाउने सहमति भएकाले कैयौंले सहज तरिकाले इजरायल जान पाइने अपेक्षा गरेर (इजरायली भाषा हिब्रु) पढेका थिए । श्रम सम्झौता भएपछि इजरायल सरकारले दुईपटक कामदारको माग गरेको थियो । त्यसपछि कामदारको माग नै बन्द गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

इजरायल सरकारले केयरगिभरका लागि ४ वर्ष १० महिनाको भिसा उपलब्ध गराउनुको साथै मासिक १ लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक उपलब्ध गराउने सहमतिसमेत गरेको थियो । इजरायलमा मानव अधिकारको पनि राम्रो पालना हुने भएकाले कामदारले बसाइ र काम गर्न सहज मान्ने गर्छन् । एकातिर राम्रो पारिश्रमिक र अर्कोतर्फ सुरक्षित बसाइको ग्यारेन्टी गरिएकाले इजरायलमा केयरगिभरको काम गर्न नर्सिङ, अनमी, अहेब जस्ता विषय उत्तीर्ण गरेका युवायुवतीको चासो पनि बढेको थियो ।

अहिले पनि भारत हुदै नेपाली इजराल रोजगारीमा जाने गरेका छन् । इजरायलमा करिब १० हजार नेपाली रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : २० बजे

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध