काँक्रो एक फाइदा अनेक « Khabarhub

काँक्रो एक फाइदा अनेक


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काँक्रोलाई प्रायः सलादको रुपमा प्रयोग गर्ने गरिन्छ । नियमित काँक्रो सेवन गर्नु मानव स्वास्थ्यका लागि एकदमै फाइदा जनक छ । काँक्रोले गर्मीको समयमा शीतलता प्रदान गर्नुका साथै छालामा सौदर्यता प्रदान गर्न मद्धत गर्छ ।

एक अध्ययन अनुसार, कम फ्याट र क्यालोरीले भरिपूर्ण काँक्रोले धेरै रोग लाग्नबाट बचाउँछ । काँक्रोमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन अत्यधिक मात्रामा पाइन्छ । आयुर्वेदमा रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा पिशावलाई सफा बनाउन यसको प्रयोग गरिन्छ । काँक्रोको प्रयोगले पेट र गिजाको दुखाइ कम हुन्छ ।

यदि मुखमा घाउ आएमा काँक्रोको टुक्रा राखेमा जीवाणु विस्तारै मरेर जान्छ र घाउ निको हुन्छ । यसमा कोलेस्ट्रोल नभएकाले यसले हृदयघातको रोगीलाई स्वस्थ र लाभकारी बनाइराख्छ । काँक्रोमा स्टेरराला नामक यौगिक रहेको हुन्छ । यसले कोलेस्ट्रोल कम गर्न समेत मद्दत गर्छ ।

५ फाइदा पढ्नुहोस

१ काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ ।
२ क्यान्सरको खतरा कम हुन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।
३ मुख गनाउँने समस्या हुँदैन् । काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ ।
४ फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ । यसले आँखालाई चिसो प्रदान गर्छ । कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ ।
५ सिलिशीया नामक तत्व काँक्रोमा प्रचुर मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : ५२ बजे

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले

विराटनगरले लियो चितवनको पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा

शान्ति सम्झौता गर्ने आशामा दूत विटकफलाई मस्को पठाउने ट्रम्पको तयारी

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई