‘एभेन्जर्स: इन्ड गेम’ बन्यो हलिउडको ‘बाहुबली’ « Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ बन्यो हलिउडको ‘बाहुबली’


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा कुनै हलिउड फिल्मका लागि लिएर यति धेरै क्रेज यसअघि देखिएको थिएन तर जब फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ रिलिज भयो, उक्त फिल्मले भारतीय सिनेमाका सबै मापदण्ड र मानकलाई तोडिदियो ।

यो फिल्मले भारतमा मात्र होइन, विश्वभर नै आफ्नो क्रेज जमाएको छ । नेपालमा पनि फिल्मले निकै नै उत्साहित व्यापार गरेको थियो । यद्यपि यो फिल्मको क्रेज मल्टिप्लेक्स फिल्म हेर्ने दर्शकमाझ बढी देखिएको छ नेपालमा ।

दुनियाँभरमा मार्भलको यो फिल्मले जति कमाइ गरेको छ, त्यसको आफ्नै किसिमको चर्चा छ, अर्कातिर फिल्मले पनि दर्शकमा अनौठो क्रेज बनाएको छ । भारतका दर्शकले यसअघि बलिउड फिल्म बढी हेर्ने र हलिउड फिल्म केही कम हेर्ने गर्थे तर यो फिल्मले भारतीय दर्शकमाझ एउटा गज्जबको क्रेज पैदा गरिदिएको छ ।

योसँगै प्रश्न उठेको छ कि, साइन्स फिक्सन फिल्म र सुपरहिरो फिल्मका पनि आफ्नै वर्ग र दर्शक हुन्छन् ।

त्यसो त बलिउडमा पनि यस्ता खालका फिल्म बन्ने प्रयास नभएका होइनन् । जस्तो कि, कृश, फ्लाइङ जट्ट, सुपर सिंह पनि यस्तै खाले कथामा थिए । हलिउडमा पनि मार्भल फिल्मसँग टक्कर लिनलाई डीसी युनिभर्सले सुपरम्यान, वन्डर वुमेन, ब्याटम्यान जस्ता फिल्म बनाएको छ । तर, मार्भलका फिल्ममा केही त्यस्ता कुरा छन्, जसले दर्शकलाई आफूतिर तान्छन् ।

बलिउडलाई यतिबेला यसको चिन्ता लागिरहेको छ । अर्कातिर यो फिल्मलाई भारतीयहरुले हलिउडको ‘बाहुबली’ भनेर तुलना गरिरहेका छन् । यो फिल्मले भारतमा पनि आक्रामक व्यापार गरेको छ । ‘बाहुबली २’ हेर्ने भारतीय दर्शकको जुन क्रेज थियो, त्यस्तै क्रेज ‘एभेन्जर्सः इन्ड गेम’ को पनि देखिएको छ ।

‘बाहुबली २’ ले पहिलो विकेन्डमा ५ सय ३४ करोडको व्यापार गरेको थियो भने बक्स अफिसमा १६०० करोडभन्दा बढीको विश्वव्यापी कलेक्सन गरेको थियो । ‘एभेन्जर्सः इन्डगेम’ ले पहिलो विकेन्डमा १ सय ५७ करोडभन्दा बढी कमाइ गरेको छ । यो फिल्मको व्यापार अहिले पनि आक्रामक छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : ५२ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै