‘एभेन्जर्स: इन्ड गेम’ बन्यो हलिउडको ‘बाहुबली’ | Khabarhub Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ बन्यो हलिउडको ‘बाहुबली’


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा कुनै हलिउड फिल्मका लागि लिएर यति धेरै क्रेज यसअघि देखिएको थिएन तर जब फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ रिलिज भयो, उक्त फिल्मले भारतीय सिनेमाका सबै मापदण्ड र मानकलाई तोडिदियो ।

यो फिल्मले भारतमा मात्र होइन, विश्वभर नै आफ्नो क्रेज जमाएको छ । नेपालमा पनि फिल्मले निकै नै उत्साहित व्यापार गरेको थियो । यद्यपि यो फिल्मको क्रेज मल्टिप्लेक्स फिल्म हेर्ने दर्शकमाझ बढी देखिएको छ नेपालमा ।

दुनियाँभरमा मार्भलको यो फिल्मले जति कमाइ गरेको छ, त्यसको आफ्नै किसिमको चर्चा छ, अर्कातिर फिल्मले पनि दर्शकमा अनौठो क्रेज बनाएको छ । भारतका दर्शकले यसअघि बलिउड फिल्म बढी हेर्ने र हलिउड फिल्म केही कम हेर्ने गर्थे तर यो फिल्मले भारतीय दर्शकमाझ एउटा गज्जबको क्रेज पैदा गरिदिएको छ ।

योसँगै प्रश्न उठेको छ कि, साइन्स फिक्सन फिल्म र सुपरहिरो फिल्मका पनि आफ्नै वर्ग र दर्शक हुन्छन् ।

त्यसो त बलिउडमा पनि यस्ता खालका फिल्म बन्ने प्रयास नभएका होइनन् । जस्तो कि, कृश, फ्लाइङ जट्ट, सुपर सिंह पनि यस्तै खाले कथामा थिए । हलिउडमा पनि मार्भल फिल्मसँग टक्कर लिनलाई डीसी युनिभर्सले सुपरम्यान, वन्डर वुमेन, ब्याटम्यान जस्ता फिल्म बनाएको छ । तर, मार्भलका फिल्ममा केही त्यस्ता कुरा छन्, जसले दर्शकलाई आफूतिर तान्छन् ।

बलिउडलाई यतिबेला यसको चिन्ता लागिरहेको छ । अर्कातिर यो फिल्मलाई भारतीयहरुले हलिउडको ‘बाहुबली’ भनेर तुलना गरिरहेका छन् । यो फिल्मले भारतमा पनि आक्रामक व्यापार गरेको छ । ‘बाहुबली २’ हेर्ने भारतीय दर्शकको जुन क्रेज थियो, त्यस्तै क्रेज ‘एभेन्जर्सः इन्ड गेम’ को पनि देखिएको छ ।

‘बाहुबली २’ ले पहिलो विकेन्डमा ५ सय ३४ करोडको व्यापार गरेको थियो भने बक्स अफिसमा १६०० करोडभन्दा बढीको विश्वव्यापी कलेक्सन गरेको थियो । ‘एभेन्जर्सः इन्डगेम’ ले पहिलो विकेन्डमा १ सय ५७ करोडभन्दा बढी कमाइ गरेको छ । यो फिल्मको व्यापार अहिले पनि आक्रामक छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : ५२ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का