टिपरले स्कुटरलाई ठक्कर दिँदा छोरीको मृत्यु, बुवा घाइते « Khabarhub

टिपरले स्कुटरलाई ठक्कर दिँदा छोरीको मृत्यु, बुवा घाइते


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बुटवल पाखापानीमा बिहीवार भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए ।

दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ६२३३ नंको टिपरले पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु४५प ७२३४ नंको स्कुटरलाई पाखापानीको मनकामना मन्दिर नजिकै ठक्कर दिदाँ सो दुर्घटना भएको थियो । टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : ५२ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि