सुझाव आयोगको प्रतिवेदन– यस्तो छ प्रदेशको नाम र राजधानीबारेको सुझाव « Khabarhub

सुझाव आयोगको प्रतिवेदन– यस्तो छ प्रदेशको नाम र राजधानीबारेको सुझाव


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो ।

मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए । उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय रहेकाले प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरी विलम्ब नगरी प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

आयोगका अध्यक्ष डा झाले जनभावनाअनुरूप प्रजातान्त्रिक वातावरणलाई मध्यनजर गर्दै जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, दलका प्रतिनिधिसँग बृहत् छलफल गरी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको बताए । उनले प्रदेशका आठै जिल्लामा प्रश्नावली, विचार र छलफलका माध्यमबाट आएको सुझाव सङ्कलन गरी प्रतिवेदनमा समेटिएको जानकारी गराए ।

आठ सय जनालाई प्रश्नका माध्यमले सुझाव सङ्कलन र आठै जिल्लामा बृहत् छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको छ भन्दै उनले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिवासलगायत नाम र प्रदेशको नामकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायत नाम सुझावबाट आएको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : ५५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट