मन्दिर गएकी बालिकामाथि बलात्कार, ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या « Khabarhub

मन्दिर गएकी बालिकामाथि बलात्कार, ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा दुई युवकले मन्दिर दर्शन गर्न गएकी १२ वर्षे बालिकामाथि बलात्कार गरी ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या गरेका छन् ।

भारत मध्यप्रदेशको राजधानी भोपालमा आफ्नी १६ वर्षे किशोरी आफन्तसँग मन्दिर दर्शन गर्न गएकी बालिकामाथि मंगलबार दुई युवकले बलात्कार गरी ढुङ्गाले टाउको फुटाएर हत्या गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्दिर दर्शन गर्न गएकी बालिकालाई दुई जना नचिनेका युवाहरुले एकान्त ठाउँमा लगेर बलात्कार गरेको र बलात्कारपछि ढुङ्गाले टाउको फुटाएर हत्या गरेका थिए ।

बालिकालाई बलात्कार गर्न युवाहरुले लिएर गएका बेला ती आफन्त बालिकाको साथमा नरहेको र बालिकामाथि ती युवाहरुलाई बलात्कार गर्न छुट दिएको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको अधिकारीले जनाएका छन् ।

घटना भएको भोलिपल्ट बालिकाका आमाबाबुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले ती आफन्त किशोरी र स्थानीय दुई युवाहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

बलात्कारको खबर सुनेर बालिकाकी आमा वेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । मध्य प्रदेश भारतमा सबैभन्दा धेरै बलात्कार हुने राज्यमा पर्ने गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ४ : २९ बजे

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट