मन्दिर गएकी बालिकामाथि बलात्कार, ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या « Khabarhub

मन्दिर गएकी बालिकामाथि बलात्कार, ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा दुई युवकले मन्दिर दर्शन गर्न गएकी १२ वर्षे बालिकामाथि बलात्कार गरी ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या गरेका छन् ।

भारत मध्यप्रदेशको राजधानी भोपालमा आफ्नी १६ वर्षे किशोरी आफन्तसँग मन्दिर दर्शन गर्न गएकी बालिकामाथि मंगलबार दुई युवकले बलात्कार गरी ढुङ्गाले टाउको फुटाएर हत्या गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्दिर दर्शन गर्न गएकी बालिकालाई दुई जना नचिनेका युवाहरुले एकान्त ठाउँमा लगेर बलात्कार गरेको र बलात्कारपछि ढुङ्गाले टाउको फुटाएर हत्या गरेका थिए ।

बालिकालाई बलात्कार गर्न युवाहरुले लिएर गएका बेला ती आफन्त बालिकाको साथमा नरहेको र बालिकामाथि ती युवाहरुलाई बलात्कार गर्न छुट दिएको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको अधिकारीले जनाएका छन् ।

घटना भएको भोलिपल्ट बालिकाका आमाबाबुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले ती आफन्त किशोरी र स्थानीय दुई युवाहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

बलात्कारको खबर सुनेर बालिकाकी आमा वेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । मध्य प्रदेश भारतमा सबैभन्दा धेरै बलात्कार हुने राज्यमा पर्ने गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ४ : २९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र